Saturday, September 7, 2013

मेट्टियेका पाइलाहरु (Nepali STORY)

Photo: iandownunder.blogspot.com
बद्लिदो परीबेस अनी गतिसील समय। समय बिती रहन्छ, कसैको लागि पर्खदैन। हेर्दा-हेर्दै 2069को तिहार पनि बित्यो। यसपालिको तिहार घरमा मनाउन, बैनीको हाथको टिका लगाउन पाएकोमा एक्दमै खुशी थिए। नत्र पाटन अस्पतालमा डाक्टरी पढाईको दौरानमा, बितेका बर्षहरुमा तिहार पछी वार्षिक परिक्षा हुने भएकोले परिक्षाको तयारी गर्दै काठमाडौंमै बसेर, खल्लोसँग दसैं-तिहार मनाएको तितो अनुभव सँग। यसपाली पनि, तिहार घरमा मनाउन पाए पनि अर्को महत्वपूर्ण पर्व 'छठ' नमनाइ क्लास जानु पर्ने भएकोले मन कता-कता भारी भएर आएको थियो। उता हाम्रो अस्पातलमा पनि राजनीतिक नियुक्तीको बिरोधमा आन्दोलन चली रहेकाले पढाई हुने-नहुने निस्चित थिएन। तर पनि क्यालेन्डरको मिती अनुसार स्कुल पुग्नु आवश्यक थियो।

आन्दोलनको माग जायज भएको हाम्रो बुझाई थियो बिध्यर्थिहरु पनि तिहार अघी नै आन्दोलनमा होमिइसकेका थिए। यसरी विद्यार्थीहरुले पनि आन्दोलनमा भाग लियी सकेको हुनाले, सो आन्दोलनमा सहभागी हुन पनि जानै पर्ने वाध्यता थियो। हुनत कुनै पनि आन्दोलनको यो मेरो पहिलो आनुभव थियो। 62/63को जनआन्दोलन अनी त्यस्पछी मधेश आन्दोलनलाई मैले नजिक बाट हेरेको थिए। 2046को आन्दोलनका कुराहरु पनि बुवा-ममीबाट सुनेको थिए। तर आँफै प्रतक्छ् सहभागी भएको यो पहिलो थियो, त्यसैले नौलो पनि थियो। हुनत अरु धेरै बीध्यार्थी, जीवनको 50-60 बसन्त पार गरीसकेका धेरै डाक्टर, प्रध्यापक कर्मचारीहरु पनि सँगै पहिलो चोटि आन्दोलनमा होमिएका थिए। हामी आन्दोलनकारीहरु सही बाटोमा थियौ कि गलत, त्यो निर्णय गर्ने मान्छे हैन। तर भरखर 20-25 बर्ष पुगेको किशोर अवस्थाको तातो रगत भएकाले हामी आन्दोलनमा पनि तातैसँग लागेको थियौ। आन्दोलन आफ्नै तरिकाले बढ्ने निस्चित थियो, तर मेरो मन अब हुने पढाईकै सोचले रोमन्चित थियो। डक्टरी पढाई अनुसार दुई बर्षको pre-clinical अर्थात् आधारभूत बिज्ञानको पढाई सकेर अब clinical सिक्ने बेला भएको थियो। सुइ लाउन, नाडी छाम्न, ढुक्ढुकी सुन्न अब बल्ल सिक्नु थियो। भन्नेले आहिलेको यो बिदाको समयलाई डाक्टरि पढाईको "हनिमून पिरियड" पनि भन्छन। यो बीचमा खाली समय, लामो बिदा अनी पढाईको चटारो नहुने भएकोले होला त्यसो भनिएको। तर मैले त्यस्तो फुर्सद या क्यही महसूस गर्न पायिन। तिहारको रमझम आन्दोलनको ब्यस्तताले छायामा पारेको थियो सबैलाई।

आज जाने दिन भएकोले दिउसै झोला-शोला लानु पर्ने सामानहरु मिलाए। आमाले पकाउनु भएको माछा भात पनि मिठो मानेर खाए। भोलीदेखी होस्टलको क्यान्टीनको 'ठिकै' मात्र भन्न मिल्ने, साच्ची भनु भने 'खत्तम' खाना खानु पर्ने भएकोले पनि होला, खुबै भात रुच्यो मलाई। अस्पातल बन्द हुँदा पनि छठ नमनायी जान लागेकोमा मम्मी खिन्न हुनुन्थ्यो। तर जाने निस्चित थिए। अस्पातलकै अस्तित्व धरापमा पर्ने स्थिती भएकोले ममी या कसैले पनि मलाई नजा भनेनन्। सबैले खुशी साथ नै पठाउने तयारी गरे। घरबाट हिड्दा, छोरी माइतबाट हिंडे जस्तै गरी कोसेली लान मन पराउदिन भन्ने थाहा भएकोले ममीले खासै तयारी गर्नु भएन। रातको यात्रा कस्तो हुने हो भन्ने मनमा परि रहेको थियो। अघिल्लो चोटि छेउको सिट्मा जाड खाएर दुङ्दुङ्ती गनाउने मान्छे परेर कम्ता अप्ठ्यारो परेको थिएन। गाडीमा कसैले चुरोट खाए पनि मलाई खुब अप्ठ्यारो हुन्छ। कहिले-काही खाने मान्छे सँग चर्का-चर्की पनि पर्छ। गाडीमै अरुलाई दु: हुने गरी चुरोट्-रक्सी खाने कस्ता बेब्कुफ मान्छे होलान। हुँदा-हुँदै जाने बेला पनि भएछ। दाजु प्रमोद, गणेश भाई लालु मलाई पुर्याउन लाहान महेन्द्र चोक को बसपार्क सम्म आए। 'जल्पा यातायात'को टीकट प्रमोद दादाले दिउसै बुक गरी दिनु भएको थियो। बसपार्कमा बस चद्डा छक्क परे। मेरो छेउको सिटमा सँगै +2 पढेको, मेरो त्यतिबेलाको सबै भन्दा मिल्ने साथी, सुदिप पो रहेछ। हामी +2 पढ्दा एउटै घरमा डेरा गरेर बस्थ्यौ। मेरो त्यस्तो मिल्ने साथीलाई आज कारीब 3 बर्ष पछी मात्र भेटेको थिए। उस्लाई भेट्दा अत्तिनै खुशी भए दाजु भाई सँग उस्को परिचए गराए। उस्ले BBA सकेर बनेस्वोरको जनता बैंकमा internship गर्दै रहेछ।

एक्छीनमा गाडी हिड्ने बेला भयो पुर्याउन आएका दाजु-भाई सँग बाई-बाईको ईशाराको लेन्देन पछी सुदिप सँग रमाइलो कुरा कानी सुरु भयो। मोबाईल नम्बर साटासाट गरे पछी हालखबर, घर, परिवार, आमा-बुवा सबैको बारेमा एक्-अर्कालाई सोधियो। सुदिपको बारेमा कुरा गर्दा श्रीजनालाई छुटाउन सकिन्न। सुनेको थिए 'हरेक ब्यक्तिको जिन्दगीमा जुनीभरीलाई बिर्सिन नसकिने गरी एउटा कथा लुकेको हुन्छ।' श्रीजना सुदिपको जिन्दगीको त्यही कथा थियी। सुदिप श्रीजनाले बिर्तामोडको अलग्-अलग स्कुलबाट SLC उतिर्ण गरेका थिए। कलेजमा चिन्जान भएपछी दुबै अत्ती नै मिल्ने साथी भए। मैले देखेको, काँचो उमेरमा बनेका जोडी मध्ये सुदिप श्रीजनाको जोडी सबै भन्दा प्रिथक उधहारणीय थियो। 11 पढ्दा देखिनै यो मित्रताको सम्बन्धले प्रेमको रूप धारण् गरी सकेको थियो। दुबै प्रेम्-सम्बन्धको पवित्र बन्धनले कसिलोसँग बधियेका थिए। त्यस्मा नक्कलीपन, देखावटिपन घमन्डको कुनै अस्तित्व थिएन। समानता, सहअस्तित्व आत्मियताको भावनामा दुबै चुर्लुम्म डुबेका थिए।

मैले सुदिप लाई सोधे "स्रिजना को खबर के ?"
उस्ले भन्यो, "मैले BBA गरेकै कलेजबाट उस्ले नि B.Com सकी। अहिले के गर्दै छे त्यो थाहा भएन। अब हामी संपर्कमा छैनौ।"
संपर्कमा छैनौ' भन्ने सुन्दा झसँग भए। श्रीजनाले सुदिपलाई अत्ती माया गर्थी। सुरुमा सुदिपले खासै चासो दिएकै थिएन। सुदिप मिल्ने साथी भए पछी, श्रीजनाले मसँग उस्को बारेमा कुरा गर्ने गर्थी। सुदिपले उस्को बारेमा के सोचेको भनेर बुझिदिन पनि आग्रह गरेकी थियी। मैले सुदिपको मन बुझ्ने प्रयास गरे। तर यो बिषयमा मैले उस्लाई सकरात्मक पाइन। त्यसैले त्यतिखेर क्यही भन्नु या गर्नु मलाई आवश्यक लागेको थिएन। तर मायाको नजानिदो चुम्बकले सुदिपलाई बिस्तारै-बिस्तारै तान्दै गएको मैले महसूस गर्न थाले। सुदिप बिस्तारै श्रीजना तिर लचिलो हुँदै गएको बुझेपछी मैले श्रीजनालाई पनि सो कुरा बताए। यता हामी साथीहरु सुदिपलाई जिस्काउन पनि थालयौ। यसरी नै उनिहरुको मायाको जग बसेको थियो। हामी साथीहरुले पनि यि दुबैजानाको सोचाइ, बुझाई, बोलाई, गराइ आदिमा धेरै समानता पाएका थियौ। दुबै जानाको मध्यम स्तरको पारीवार, पुर्बी पहाडबाट मधेश झरेका थिए। दुबै जाना एउटै शहर बिर्तामोडको कारीब कारीब उस्तै पारीबेसमा हुर्किएका थिए। यिनै करणहरुले होला दुबैको बीचमा समानता देखिएको। उनिहरु दिन्-दिनै नजिकिदै गए। सुदिप पनि आफ्नै किसिमको मान्छे थियो। ईच्छा को तर ढंग नभको, बुद्धी को तर तरिका नभको। राम्रो सँग बोल्चाल सुरु भएको दुई हप्ता बित्दा-नबित्दै, प्रेम्-दिवसको आसपासमा, आफ्न मनका भावनाहरु पोख्न पुगेछ। यो कुरा हामीले पछी मात्र थाहा पायौ। मायाको सट्टा माया पाउनु भन्दा ठुलो खुशी अरु के नै हुन्छ ? सायद त्यतिखेर पनि, श्रीजनाको खुशी सँग तुलना गर्न मिल्ने खुशी अरु केही थिएन, हुनै सक्थीएन। तर पनि उस्ले प्रस्ताब पाए लगत्तै सुइकार गर्न सकेकी थियिन। श्रीजनाले सोको दुई दिन पछी प्रस्तव सुइकार गरी।

त्यस यता दुबै जानाको सम्बन्ध झङिदै गएको थियो। राजधानीका अल्लारे ठिटा-ठिटिहरुले गरे जस्तो प्रेम थिएन उनिहरुको। कक्षाका अधिकान्स साथीहरुले सो जोडीको बारेमा पत्तै पाएनन। छाडापन देखवटिपन टाढाको कुरा भयो। श्रीजना, सुदिप स्कुलबाट सधैं सँगै फर्किन्थ्यौ। महाराजगन्जको चोकबाट सिधै डेरा जान्थीये भने सुदिप चाँही श्रीजनाको होस्टल जाने गल्ली सम्म पुर्याएर आउथ्यो।अलिकती डराएकी, अलिधेरै लजाएकी, अलीबढी रिसाउने तर रिसमा पनि माया देखाउने।श्रीजना सुदिपसँग कारीब्-कारीब यस्तै ढंगले प्रस्तुत हुन्थी। आफुले मनपराएको मान्छेले दिएको दु: होस् या सुख, खुशी होस् या पिडा, हासो होस् या आसुँ, रिस होस् या माया, त्यो सुन्दर नै हुन्छ, त्यस्ले खुशी नै दिन्छ। श्रीजनालाई पुर्याएर कोठा फर्किदा सम्म पनि उस्को अनुहारबाट त्यो हासो-खुसी हराइ सकेको हुन्थिएन। मलाई थाहा , यो खुशी कमै भाग्यमानिले मात्र भोग्न पाउछन। सुदिप श्रीजना तिनै भाग्यमानी मध्एका दुई थिए। फेरी यिनिहरुले आम रूपमा हुने गरे जस्तै भाग्य बनाउन कला, निती, बुद्धी इत्यादी पनि प्रयोग गरेका थिएनन्, गर्नु परेको थिएन। ईश्वरले नै बनाएर पठाए जस्तो।

श्रीजना गाउमा हुर्केकी जिम्मेबार सोझी केटी थियी। रुपमा पनि गहु-गोरी बर्णकी श्रीजना अत्ती नै राम्री मध्येकि थिइ। हुन सुदिपलाई रुप भन्दा गुणकै मत्लब थियो त्यसैको प्रसंसा गर्थयो। तर उस्ले श्रीजनाको लागि लेखेका कबिताहरुमा श्रीजनाको रूपको पनि कम बयान हुन्थिएन। "मीठो बोली, मादक मुस्कान, अग्लो कद्, पातलो शरीर, बाटुलो अनुहार, भिजेको ओठ, मिलेको आँखा, छिनेको कम्मर अनी अरु पनी यस्तै के के हो कुन्नी, सबै जोडेर लेखेको पढ्न सुन्न हामीलाई पनि खुबै रमाइलो लाग्थ्यो। हुन पनि सामान्य मन्छेलाई लोभ्याउन श्रीजनाको व्यक्तित्व नै पर्याप्त थियो धेरै साथीहरु नै लोभीएका पनि थिए। उडन्ते हल्लाहरु अनुसार, उता श्रीजनाले पनि सुदिपकै बारेमा लेखेर डायरि नै भरेकी थिइ रे। के लेखेकी थिइ, त्यो हामीले कहिल्यै पढ्न पाएनौ। केटीहरुले के चाँही लेख्छन भन्ने कुरा मलाई कहिल्यै थाहा भएन, अहिले पनि थाहा छैन

अर्को कुरा, रूपको सबैले आफ्नै व्याख्या गर्छन्, गर्न पाउनु पनि पर्छ। यो शहरमा बग्रेल्ती देखिने गरे जस्तो उज्यालो-सेतो अनुहार, लुगाले आधी मात्र छोपेको अग्लो अनी पुस्ट छाती, लामो नङ, छोटो लुगा, बोलिमा नक्कलीपना, यसैलाई सुन्दरता मान्ने हो भने शायद श्रीजना त्यती सुन्दर थियिन कि? तर यो व्याख्या मेरो लागि थिएन, हाम्रो लागी थिएन। मेरी एउटी महिला साथी, राष्ट्रियताले लेखिकी थीइन् "दुई ठुला स्तन एक सेतो, उज्यालो अनुहारले कसैलाई सुन्दर बनाउदैन।" भित्रको स्ववास्तविक सुन्दरता जुन मनमा हुन्छ, दिमागमा हुन्छ, सोच्मा हुन्छ, बिचारमा हुन्छ, नियतमा हुन्छ। यो प्रकृतिक अनी भित्री स्ववास्तविक सुन्दारताको श्रीजनामा कुनै कमी थिएन। मिठो बोली बचन भएकी। आँखामा सधैं आदरभाब माया छचल्किएकी। मन, बचन कर्म- सबैले अरुलाई सहयोग गर्न तत्पर रहेकी। जागर सक्षमता भएकी। मनले मात्र हैन, कामले पनि माया गर्ने खाल्की। श्रीजनाको प्रसन्सामा जती शब्द खर्चिए पनी पुग्दैन। सधैं कम नै हुन्छ। अधुरो नै रहन्छ।

सुदिप पनि त्यती बुझ्झकी केटीको साथ पाएर आफुलाई भाग्यमनी महसूस गर्थ्यो। श्रीजनाको प्रिथक्ताको उस्ले सधैं प्रसंसा गर्थ्यो। कतै जादा गाडी को भाडा, रेस्टुरेन्टको बिल आदी श्रीजना सुदिपले आधा-आधा तिर्दा रहेछन, उस्ले सुदिपलाई पुरै तिर्न दिदिन छे। महंगा उपहार पनि लिन मान्दिन छे। बोय्फ्रेन्डले बाईक बेचेको कारणले ब्रेक अप दिने केटीहरुको भीड्मा श्रीजना जस्ती केटीलाई देखेर पनि छक्क पर्थ्ये सुदिपलाई भन्ने गर्थ्ये कि कती भाग्यमनी छ। हामी साथीहरुले उकास्दा सुदिप पनि फुरुङ हुनथ्यो झनै खुलेर कुरा गर्थ्यो। श्रीजनाले उस्लाई सम्झाएको- भेट्दा महँगो रेस्टुरेन्टमा किन जानु पर्दैन, साधारण ठाउँमा बाडेर खाएको एक कप चिया नै किन स्पेसल हुन्छ, महंगा उपहार किन दिनु पर्दैन, एउटा चक्लेट नै किन पर्याप्त हुन्छ, इत्यादी जस्ता नितान्त ब्यक्तिगत रुपमा भनेका कुराहरु पनि सुनाउथ्यो। हामी सबैजाना उस्को कुरा सुनेर लठ्ठ हुन्थ्यौ मन मनमा सोच्थ्यौ कि हामी सबैको जिन्दगीमा आउनेमनकि रानीपनि श्रीजना जस्तै होस्। तर श्रीजना जतिको बहिरी सरिरिक् सुन्दरता भएकी, जत्तिको बेहोरा, संस्कार भएकी जतिकी मनकी सफा केटी पाउन सजिलो थियो। रूपैले राम्रा अरु पनि हुन्छन तर गुणमा मैले श्रीजना जत्तिकी अर्की केटी देख्या छैन शायद आहिलेको स्वर्थी संसारमा देख्न पाउने पनि छैन।

त्यस्तो गाढा सफा मनले बधीएका यि दुई छुटिएछन भन्ने सुन्दा अपत्यरिलो नरमाइलो लग्नु स्वभभिक नै थियो।
एक्छीन् मनमा के-के कुरा खेलाएपछी मैले सुदिप लाई सोधे, "किन? के भयो त्यस्तो? श्रीजना जस्ती केटीले क्यही गर्न नहुने काम गरी भन्नै सकिन्न। पक्कै तैले नै क्यही नचाहिदो गरिस या भनिस होला।"
मैले कुनै भूमिका नबाधिकन सोझै यस्तो ठाडो कुरा गरेकोले अली निन्याउरो भयो सानो स्वरमा भन्यो, "हैन सरोज, त्यस्तो मान्छे हुँ ? सँगै हुँदा कहिले-काही क्यही तल-माथी हुनु, एक अर्कालाई बुझ्न नस्क्ने हुनु स्वाभाबिकै हो, तर त्यती गरुंगो निर्णय लिन पर्ने गरी मैले क्यही गरेको थीएन, गर्नै सक्दिन।"
उस्को नैरस्यता लाचारी प्रस्ट देखिन्थ्यो। तर कुरोको जरो मैले आझै बुझ्न सकेको थीइन, उस्ले भनेको पनि थिएन।
मनको खुल्दुली मेटाउन मैले सोधे, "अनी के भयो ?"
उस्ले एक्छीन क्यही सोचे जस्तो गर्यो अनी भन्यो, "श्रिजना अचेल धर्मिक, आध्यत्मिक कस्तो हो कुन्नी भाकी छे।"

उस्को सिधा जस्तो देखिने घुमाउरो कुरा मैले अलीअली बुझी सकेको थिए। मैले श्रीजनालाई सम्झे। अनी आध्यत्ममा लागेका मेरा क्यही शिक्षकहरुलाई सम्झे। निर्मला माता, शान्ती, गोराख्नाथ आदिको भक्त भएका आन्टी, ठुलोममी, सानोममी आदी परिवारजन लाई पनि सम्झे। मेरा क्यही साथीहरुले आर्थिक लोभले पनि धर्म परिवर्तन गरेका छन। सत्य साइ कि कस्को हो कुन्नी भकती गर्ने एक जना दाईले सोहि बाबाको धर्म गर्ने केटी नपाएकोले बिहे नगरि बसेको पाए पछी 38 बर्षको धेरै बढी उमेरमा बिहे गरेको पनि देखेको छु। मेरा मामाघरको छिमेकका दिदीहरु आनी बनेर अचम्मको जिन्दगी बिताउदै पनि देखेको छु। क्रीस्चियन धर्म हाम्रो समाजमा सन्थागत रुपमै बिकास हुँदै छ। के गर्ने कुरा हो के नगर्ने कुरा, भनेर कसैको भवनालाई ठेस पुग्नेगरी कसैको पक्छपोसण हुनेगरी बिस्लेसण दिने ध्रीस्टता कदापी गर्न सक्दिन। हुनपनी यि सब ध्यान, धर्म, आध्यत्मको बारेमा मेरो बुझाई सतही ज्ञान मात्र हो।

यो सब ध्यान, धर्म, आध्यत्म इत्यदी लाई, काम नपाएका मान्छे हरु खास गरी 'ग्रिहिणी महिला' अली नराम्रो शब्दमाआइमाइ'हरुको समए बिताउने नचाहिदो मेलो भएको ठान्दथ्ये। तर अचेल यि सब पनि कही कही आवश्यक छन भन्ने महसूस गर्न थालेको छु। मेरा एक्जाना काका पर्ने अत्ती नै नस्तिक, नजिकका आफन्तलाई पेटको क्यान्सर भएर भरतपुर क्यान्सर अस्पातलले निको नहुने बताये पछी, उन्ले सुनेको-जानेको सबै धर्मका गुरुहरु लाई भेटे, कक्षा लिए, ध्यान गरे, सकेको दान गरे। त्यतिखेर पनि भित्र-भित्रै उन्को आलोचक नै थिए। धर्मको सट्टा बिध्यालय, पुस्तकालय, ब्रिद्धआस्रम, अनाथालय इत्यदिलाई दान गरेको भए हुन्थ्यो नि। हैन भने उनीजस्तै रोग लागेका अच्युत शर्माले गरे जस्तै गरेको भए पनि हुन्थ्यो। युवा इन्जीनियर अच्युत शर्माले भरतपुर क्यान्सर अस्पतालमै क्यान्सरको कारणले मृत्यु कुर्दै गर्दा आफ्नो जीवनभरिको कमाइ एउटा क्यान्सर उद्दार कोस स्थापना गर्न दान दिएको समाचार 2066को मङ्सिर तिरको छपाहरुमा प्रकासित छ। तर डाक्टरी पढाईको दौरानमा मैले निको नहुने रोग लागेका बिरामीहरुको भावनाहरु नजिकबाट बुझ्ने मौका पाए त्यतिखेर ति काकाको दु: थाहा पाए। मैले महसूस गरे कि त्यो धर्मिक्-आध्यत्मिक कक्षा, ध्यान, दान सबैले उन्लाई शान्ती प्रदान गरी रहेको थियो त्यति खेर यही नै सबै भन्दा महत्वपूर्ण कुरा थियो। मैले सुनेको थिए, “काठमाडौं जस्तो शहरमा मानिस मानिसको साथी बन्दैन। कतै फुटपाथमा मानिस भुस्याहा कुकुरको साथी बन्छ। कतै सोफामा मानिस महँगा कुकुरको साथी बन्छ। तर, मानिस मानिसको साथी बन्नै सक्दैन।यस्ता कती परिस्थितीहरुमा मान्छे जिन्दगी देखी हरेस खाएर, निरास भएर पनि लोभ, मोह सबै छोडेर ध्यान-धर्ममा लाग्दा हुन।

आवकास प्राप्त, बुध्यौली जीवन इत्यदि बिताइ रहेकाले यो ध्यान/धर्म गर्नु जे सुकै गर्नु राम्रै हो तर श्रीजना जस्ती लाउ-लाउ, खाउ-खाउ जस्ती उमेरकि केटी यो सबमा यती सारोसँग तल्लिन भएर कसरी लागि होला भनेर मैले आँफै सँग प्रश्न गरे, एक्छीन यस्तै केही-केही सोची रहे।
मैले सुदिप लाई फेरी प्रश्न गरे, "यो सब ठिकै , तर तिमीहरु छुट्टीने निर्णयमा कसरी पुग्यौ?"
उस्ले जवाफ दियो, "मलाई क्यही थाहा छैन, सधैंझै एक्दिन हामी कतै घुम्न गएका थियौ, उस्को मूड आच्नक कस्तो भयो कुन्नी, अलीकती भूमिका बाधी भनी, सुदिप सम्बन्धमा रहन सक्दिन, मलाई माफ गरिदेउ, मेरो जिन्दगीमा जस्तै कोइ आध्यत्मिक मान्छे आउनु पर्छ। यो सब भन्दा श्रीजनाको गह भरी आसु थियो, मेरा परेला पनि भिजिसकेका थिए।"

सगरमाथाको उचाइमा पुगेको श्रीजनाको मन झापाको केचनाको गहिराइमा कसरी खस्यो होला, मैले सोचे। महसूस गर्न सक्थ्ये, श्रीजनाको आन्तिम वाक्यमेरो जिन्दगीमा जस्तै कोइ आध्यत्मिक मान्छे आउनु पर्छधेरै महत्वपूर्ण थियो। हज्जारौ प्रश्नहरुको एक्लो मज्बूत जवाफ थियो। मलाई यती चोट पर्यो भने, श्रीजनाको मुखबाट सुन्दा उस्लाई कस्तो भयो होला? सपना टुटे सँगै, उस्को बिपना पनि घाइते हुँदा उस्ले कसरी सहयो होला? एउटा सानो बालकको रमाइलो संसारबाट हुत्तिएर, यथार्थको अत्तिनै कडा भुइमा पक्षरिदा उु कती छट्पटियो होला? त्यो बेलालाई सम्झेर पुरै निसब्द भए। बसमा एक्छिन पुरै मौन्ता छायो। क्यही बुझ्न सक्दिन थिए। उसै पनि ब्यथा दुख्नेलाई नै थाहा हुन्छ, देख्नेललाई हुँदैन। मर्का पर्नेलाई नै थाहा हुन्छ, पार्नेलाई हुँदैन। यतिखेर उस्को भावना बुझ्ने सामार्थ्य पनि सँग मात्र थियो, सँग या अरु कसै सँग थिएन। उस्ले बताउन पनि सक्दैन थियो। 'पिडा अभिब्यक्त गर्ने भाषा नै कहाँ हुन्छ ?' मलाई यती चाँही थाहा थियो कि यो परिस्थितीमा सुदिपले गर्न सक्ने क्यही थिएन भनेर।
मैले सुदिपलाई नयाँ प्रश्न राखे, "अनी तैले पनि, उस्ले अप्नाएको बाटो के हो त्य बुझ्न, त्यस्मा लाग्न चाँही खोजिनस?"
उस्ले आध्यरो अनुहारले भन्यो, "प्रयास गरे, सफल भयीन "
मैले लगत्तै सोधे, "अनी के गरिस ?"
उस्ले भन्यो, "गर्न मिल्ने, गर्न सक्ने क्यही थियो अब? हामीले आन्तिम अङालो मार्यौ, मैले बिस्तारै उस्को निधारमा चुमे उस्लाई सधैंको लागि बिदा गरिदिए।"
सुदिपको कुरा सुनेर पनि रुला जस्तो भयो। मैले लगाएको सेतो ज्याकेटको गोजिबाट रुमाल झिके आँखा पुछे।प्रेम बन्धन हैन मुक्ती हो, देहको सुख हैन मनको सुख होभनेर सुदिपले राम्रै सँग बुझेको थियो। त्यसैले मनमा ढुङ्गा राखेर मन खाएकिलाई बिदा दिन सक्यो।

क्यही ब्यहबारिक प्रश्नहरुले मेरो मनलाई चिमट्यो। एउटाले BBA अर्काले B.Com आखिर एउटै कलेजमा गरी रहेका थिए। सोची रहे कि क्यान्टीनमा, लाइब्रेरीमा, बाटोमा एकअर्कालाई कसरी टारथिए होला।
अनी एक्छिनमा आट गरेर सोधे, “तिमी हरु आखिर एउटै कलेजमा पढ्थ्यौ, भेटघाट नि पक्कै हुन्थ्यो होला, हैन?"
सुदिपले जवाफ दियो, “हुन्थ्यो, आँखा पनि जुधे, उस्को असन्तोष उस्को आँखामा पढ्न सक्थिए। त्यो भन्छन नि, मान्छे जातले नै असन्तोशी हो। अफु सँग भएकोले कसैलाई पुग्दैन, नभएको चाँही चाहिन्छ'चाहिन्छ। तर कुरा त्यो भन्दा अगाडि बढेन। फर्कियी मैले बोलाउन सके। आफ्नो निर्णयमा खुशी थियी उस्को खुशीमातलाई थाहा होला। तिमीहरु डेरा छाडेर गए पछी काठमाडौंमा सिम-कार्डको मारामार भयो, सबैले मोबाईल बोक्न थाले। हामीले पनि किन्यौ, धेरै उपयोग पनि गर्यौ। छुट्टीये पछी श्रीजनाले फोन या म्यासेज चाँही कहिले गरिन, आवश्यक नै पर्दा पनि अन्तैबाट काम चलाउथी। बोल्न चाँही काम पर्दा या कहिले कही त्यसै पनि बोलथी, बोलाउथी। मैले के गर्नु पर्ने हो, थाहा थिएन। उसै पनि कुनै सिद्धान्तको भरमा माया बस्छ ? सकेको गर्थिए, राम्रै सँग बोल्थीए। अरु साधारण साथीहरु सँग गरे जसरी, क्यही हुँदै नभए जसरी, कुनै बिगत छदै छैन भन्ने भान पर्ने गरी। कहिले काँही उसैले बितेका कुनै-कुनै कुरा सम्झाउथि। जवाफ नदियी थब्क्क सुन्थिए, मन कटक्क खान्थ्यो, मुसुक्क हास्थीये अनी खुरुक्क हिड्थीए। उस्लाई बिगत सम्झाएर पाउन चाहन्न थिए, शायद सक्दिन पनि थिए। चाह्नथिए कि उस्ले आफुलाई चिन्न सकोस, महसूस गरोस् कि उस्को मनमा के ? उस्ले के चाहन्छे? अनी फर्कीयोस। तर बिस्तारै बोल्चाल कम हुँदै गयो। आफ्नै संसारमा रमाउदै गइ, उस्को जिन्दगीबाट हराउदै गए। कहिले फर्कियिन।
सुदिप यस्तै के-के एकहोरो भट्-भाट्याइ रहयो। सुनी रहे। क्यही बोल्न सकिन। सबै भन्दा ठुलो कुरा , सुदिपले यो कुरा कसैलाई भानेकै रहेनछ। कलेजमा कसैलाई उनिहरुको सम्बन्ध भएको या छुटेको क्यही थाहा नै रहेनछ, उस्ले बताउदै बताएनछ। मैले सोचेकै थियीन कि entrance prepration गर्न पुतलि सडकमा डेरा सरे पछी सुदिप जिन्दगीमा यती एक्लो हुने भनेर, उस्लाई मेरो कमीले यति जेल्ने भनेर। एउटा साथी जस्को पनि हुनु पर्छ, जसलाई सबै कुरा भन्न सकियोस, जस्ले सबै कुरा सुनिदियोस, अरु कसैलाई नभनी दियोस, सधैं आफु भित्रै रखोस्। बिचरा सुदिप, बिचरा उस्को भाग्य।

हुनत अब यो कथा पुरै सकिसकेको थियो। हिंडेका पाइलाहरु सबै मेटियी सकेका थिए। तर अझै पनि श्रीजना प्रती सुदिपको मनमा भएको मोह-माया देख्न सक्थ्ये। भन्छन्- "आफ्नो प्रिय मान्छे नजिक नहुँदा उसको मोह थाहा हुन्छ। तर, कहिल्यै नफर्किने गरी गएको प्रिय मानिस प्रतिको मोह अझै गाढा हुन्छ, किनकि फेरि कहिल्यै भेटिँदैन।" सुदिप पनि आहिले यस्तै परिस्थितीमा थियो। कलेजमा हुँदा पनि कहिलेकाही ठाक्ठुक परेर यि दुइ अलिदिनलाई नछुटिएका हैनन्। तर यस्पालि श्रीजना फर्किनलाई गएकी थियिन।
एतिकैमा सुदिपले थप्यो, “श्रीजना सोचेरै त्यो बाटो लागि या कसैले उस्को दिमाग भुट्यो? या अरुनै कुनै रहस्य थियो? मैले चाहेरै पनि कहिल्यै बुझ्न सकिन।
कसैले सोचेर, सम्झेर, बुझेर, जानेर, सबै कुरा केलाएर यस्तो निर्णय लिन सक्छ भन्ने मलाई पत्यार लागेन। कसैले दिमाग भुट्दैमा भुटिने खाल्की मान्छे पनि थियिन श्रीजना। भने अरु नै कुनै रहस्य थियो ? हुनु पर्छ भनेर सुदिपलाई कसरी भन्न सक्थीए ? सुदिप आँफैले सोच्नु पर्ने हो, श्रीजनाले झुठो बोली रहेकी थियिन भनेर। मायामा मान्छे अन्धो हुन्छ भन्ने सुनेको थिए तर मुर्ख पनि हुदो रहेछ भन्ने देख्दै छु। तर गलत पनि हुन सक्छु। एसरी मान्छेलाई judge गर्नु मेरो कम्जोरी पनि हुन सक्छ।
मैले सचेत भएर एती मात्र जवाफ दिए, “हुन जे पनि सक्छ तर श्रीजनाले जे गरी गलत गरी, पछुताउछे।"
हुन श्रीजना के सोच्छे, सोच्दिन, पछुताउछे, पछुताउन्न, त्यो मलाई क्यही थाहा थीएन तर साथीको मन राख्न त्यती भन्नु मुनशिव लाग्यो। सुदिप क्यही बोलेन। 

यतिकैमा खलासी करायो, "कलंकी कलंकी" भनेर

कुरा गर्द गर्दै बिहानको बजी सकेछ। मेरो मन पनि भारी भएको थियो। हामी गाडीबाट ओर्लियौ अगाडि लाग्यौ।
"हिड, आज लगनखेल जाउ, मेरो होस्टल पनि हेर्नु, अनी दिउसो दुइजाना भएर रमाइलो गर्नु पर्छ। टेन्सन लेर किन बाच्नु ?" मैले सुदिपलाई प्रस्ताब राखे।
"हैन, आज हैन, पछी आउला" मलिन स्वोरले भन्यो। रातभरीको कुराले उस्को घाऊ कोटिएको थियो, शायद।
"किन, केही काम ? कि अफिस जानु ?" मैले फेरी सोधे।
"हैन यार, फुर्सद फुर्सदमै छु। तर आज मूड छैन।" उस्ले तिर फर्केर भन्यो।
" पनि 'बोर्केन हार्ट' पेजको मेम्बर जस्तै कुरा नगर न।" भनेर भने, अनी हामी गलल हस्यौ।
'ब्रोकेन हार्ट' फकेबूकको एउटा पेज हो जस्मा मायामा धोका खाएकोहरुको बारेमा हासउठ्दो सायरीहरु पोस्ट गरिन्छ। सुदिपलाई पनि सो पेजको बारेमा थाहा रहेछ यती मज्जाले हास्यो। सुदिपको अनुहारमा मुस्कान फर्किसकेको थियो। उसै पनि जीवनमा खुशी हुने ठाउँहरु प्रसस्त हुँदाहुँदै दु:खको पाटो समाएर बस्ने मान्छे मध्ये हैन सुदिप। उस्को आँखामा कतै पिडा देखिइरहेको छैन अब। उस्का भावनाहरु दिउसोको तारा जस्तै भएको , जो छनत तर देखिदैन अब शायद कहिलै देखिने पनि छैन, उस्को रात आउँदा पनि बादलले छेकियीरहेको हुनेछ। किनकी जस्तै कम्जोर मान्छे हैन जो चाडै आसुँ खसाल्छ, यै आसुँ खसाल्ने बानिले घरमा ममिले मलाई 'पिन्चे' भनेर जिस्काउनु पनि हुन्छ। अब छुट्टीने बेला भएको थियो। मैले सुदिपलाई फोन गर्छु भने, अङालो मारे बनेस्वर जाने माईक्रोमा चढाये अनी आफु चाँही लगनखेल आउने गाडी चढे। ऐले पनि मेरो दिमागले सुदिप श्रीजनाकै बारेमा सोच्दै थियो दुखी पनि थियो। सुदिपको हालत बुझ्न सक्थे। उस्को खुशी भित्र अझै पनि पर्खाइ बाँकी थियो, चित्त दुखे पछी पनि आसा बाँकी थियो, धोका पाए पछी पनि विश्वाश बाँकी थियो, चोट खाए पछी पनि माया बाँकी थियो।

मेरो मनमा श्रीजना खेल्न थालि। उस्ले के गरी किन गरी, मैले बुझ्नै सकिन। श्रीजनाको जीवनमा कस्तो आध्यत्मिक मान्छे आयो? या अरु नै केही भयो? यो प्रश्नको कुनै जवाफ छैन। किन हो कोनी, सुदिपले पनि जवाफ खोजेनछ।
कतै सुनेको थिए- "केटिले ब्रेकअप दीइ सकेको हुँदैन, 1 दर्जन केटाहरु मुख मिठ्याउदै कुरी राख्या हुन्छन।"
अर्कैको आङालोमा बाधियी सकेका, 2 महिना बित्दा-नबित्दै फेरी नयाँ काखमा रमाउन थालछन।
अली बुद्धी भएकिले नयाँको ब्यबस्ता गरेर मात्र पुरानोलाई छोड्दा हुन।
मेरो केटा औस्ट्रेलिया जादै , त्यस पछी तिमीलाई आप्नाउन सक्छु भन्ने पनि देखेको छु।
बाईक बेचेको करणले बेच्नेलाई छाडेर बाईक हुनेलाई रोजेको पनि देखेको छु।
स्त्रीको चरित्र पुरुषको भाग्य कसैले जनेको हुन्छ ?? त्यो भन्छन नि "केटिको जातै यस्तो।" तर सबै केटीलाई कसरी सँगै मुछ्न सक्छु? यो धर्ती जस्तै सहनसिल मेरी आमा पनि महिला हुन। मेरो ममी मात्र किन? संसारका अरबौ महिलाहरुले आमा बनेर, श्रीमती बनेर, छोरी बनेर, साथी बनेर, बैनी बनेर, अरु पनि हजारौ रुपहरुमा इमन्दारिताका साथ आफु महिला हुनुको औचित्य पुरा गर्दै होलान। श्रीजनाको नाम पनि त्यो लिस्ट मा आउँदैन ? अवस्य आउछ। जस्तो मान्छे पनि काठमान्डौं आए पछी 2-4 बर्ष बित्दा-नबित्दै, काठमाडौंको दुर्गान्धले मान्छेको सोचलाई पनि दुसित बनाइ दिन्छ रे। श्रीजनाको बारेमा मेरो मनमा यस्तो बिचार आउनु पनि मेरो दुसित दिमागको उपज हो। मेरो निच्ता हो।

जता गयो उतै लहसिने, जो नजिक उसैसँग टासिने खाल्की केटी थियिन श्रीजना। उु बेलामा श्रीजनाले "छुट्टिनु परे पनि सुदिपको लागि बर्सौ सम्म कुर्न सक्छु, मेरो जीवनमा कि सुदिप नै आउछ कि कोही आउँदैन, भलै मलाई आजीवन एक्लै किन बस्नु नपरोस? सँगै बिताएका छणहरुको सम्झना नै मेरो जिन्दगी बिताउन पर्याप्त छ।" भनेको उस्को मनको आवाज थियो। उस्ले गफ मात्र लाकी थियिन, कुनै फिल्मी डाइलग भनेकी थिएन। कुनै उपन्यासको लाइन रटेकी थियीन। उन्ले आफ्नो अन्तर-आत्माको आवाज सुनाकी थियी। तर केही बर्ष नबित्दै श्रीजनाले एस्तो कसरी गरी। मेरो दिमागले केही खुट्याउन सकी रहेको थिएन। सँगै हुँदा भबिस्यको बारेमा सोच्नु, योजना बनाउनु, थरी-थरीका कसम खानु एउटा कुरा हो। तर ति योजनालाई गन्तब्यमा पुर्याउन सक्नु नितान्त बेग्लै 'महाभारत' हो। जस्मा यि दुई सफल भयेनन्। श्रीजना पछी हटी। तर मैले एक पक्षको कुरा मात्र सुनेको थिए, यो कथालाई श्रीजनाले कसरी व्याख्या गर्छे होला। कस्लाई गलत देखाउछे होला? जिन्दगीको गोरेटोमा, काठमाडौंको खाल्डोमा कुनै कुनै दिन मेरो श्रीजना सँग भेट हुन्छ नै। उस्लाई के कसरी भन्छु होला.... यस्तै यस्तै कुरा सोच्दै गुनगुनाउन थालेछु...
  दोबाटोमा छुट्टीन चाहयौ, पाइला कसैको रोक्दिन
                टाढा जान चाहन्छौ तिमी, बाटो कसैको छेक्दिन
                मायामा विश्वाश गर्छु, प्रतिक्षा कसैको गर्दिन
                आउछु भन्ने नआउन सक्छ, भर कसैको पर्दिन

Thursday, September 5, 2013

Why ‘अनुभूती’ ???

Photo: Google
I am talking about the name of this blog. What should my blog be named and why did I select the one?

I was decided to start a blog and share my personal experiences. I used to write things sometimes and share it through the facebook notes. Now I want to make it more systematic, thus I decided to start blogging.

I am more interested because this is never going to be lost. I am telling this sentence remembering one of my favorite diary I lost, where I had written about some of my experience after my SLC and during my initial days of Kathmandu. May be I will talk about this later someday.

Some of my besties too are blogging since a good amount of time. All of us had a good talk about the name of blog. And all of us found a good name and used it. The one that I selected was अनुभूती. Today I am talking why did I select this name, अनुभूती??

To answer this, I have to tell you, why do I write?
Depending on situations, there can be several reasons in different times why I write. One of the important reasons is- I write because I want someone to feel something. I write to express myself, and it’s mostly about the things I have gone through, things I have realized. I want to share my perception, my experience. Hoping that, someone will learn something from it, feel sad with my story, feel happy with my story, see the innocent victim inside me, and also see the ruthlessness inside me. And finally have some thought about things I have gone through and understand it as much as it could be understood. And of course get some lessons as well. And let me tell you, that ‘someone’ who feels and understands that ‘something’ is mostly me, myself.

Yes. I mean to say that, I write to reflect to myself. In short, I am just letting my feelings come out in the form of anything writable. That may be a poem, a गजल, a story and mostly an article like this. I am just releasing all my emotions and sharing them freely. My articles are thoughts, perceptions, interpretation, expectations and feelings of myself, “FEELINGS”- being in the top. Don’t ask me what will be the result of sharing my feelings? And with whom am I doing it? What is the purpose? Would it be wise to release feelings and expectations to anyone in this selfish world? And can it make any difference at all? 


I know it won’t. I am a poor, helpless common man who would hardly change things. But I don’t care. I know that no one is alone enough to change things, nether am I. But I’m pretty sure that I can at least make some difference, if not to others than at least to myself. I am writing to improve myself. I am questioning, reflecting on things so that I could be aware of myself being questioned. That is being more ethical and selfless within myself. Any one voluntarily can take lessons as well from my story if he/she wants to.

Let me repeat. I am writing for my own satisfaction. I am writing to fulfill my own desire. I am expressing out my feelings, my perception. The word अनुभूती means the same feeling, the same perception of mine. This might be fruitful to you too. So you are suggested to follow this blog.

Last but not the least, critics don’t hurt me at all. Please feel free to comment, feel free to disagree and argue. Kindly send me feedbacks. You will be appreciated. Any conflicting facts, claims or opinions will be respected.

Thank You




श्री गणेश of my 'Personal Journal'

Photo: Google
Finally, I am stepping in 25th year of my life and also entering this new world of blogging.

First of all, Happy B'day to myself.
I want to start this with thanks to my nearers and dearers for there well wishes, for those wishes in Facebook, cool SMSs, midnight special and all the phone calls, the nice and loving gifts... huge huge thanks to every one...

Returning to topic, we Nepalese believe in 'शुभसाइत', that is religiously good time to do (or start) something. I am not that superstitious yet I choose this day (My B’day) to start blogging.

Time has changed really a lot now. During my schooldays at Janakpur, there was a time when I used to go to cyber cafe just to use "Yahoo Messenger". See the offline messages (if any) and reply and sometimes have a chat with my brother in foreign. Few years back, during initial days in this medical school (PAHS), I had good access to internet. It was mostly for Facebook and emails from school. Then time of Dropbox came, where day to day learning materials, presentation were kept and shared. We still do it but I have more or less stopped killing my time in Facebook with those stupid messages and personal photographs. After three years, time of those endless hours to download and update anything came to an end. And finally our medical school has now provided us fast net in our student hostel as well. Now, use of internet is extensive and not easily explainable. One of the important uses is blogging and reading blog. I regularly read blogs of few faculties and friends. And finally today, I am going to start blogging myself and enter inside this immense world of blogosphere.  

I think this will make me better thinker, better writer, make me more aware of my surrounding and sharpen my eye more meaningfully at things around me. I will also be able to share my knowledge. Since I am writing about my personnel experiences and understandings, this would probably be something which won't be seen anywhere else. So this would be interesting too. Most of all, this would be my personal journal. It would be a record of meaningful experiences of my life that can be shared and hopefully will be encouraging to others as well. That is why I named this post श्री गणेश (means Beginning) of my 'Personal Journal'. And I also hope that, this would inspire people to do what I am doing. They will be inspired to start blogging and share interesting, exciting, informative and educative quality content of their feelings and experiences, the way I got inspired and started blogging today.


I know this would be amazing experience and hopefully will always be continued...