Showing posts with label नेपाली. Show all posts
Showing posts with label नेपाली. Show all posts

Thursday, February 6, 2014

गजल

A Nepali Gazal I wrote after pretty long period of time.
This is satire against some social injustice in our society. It might sound more or less political some where. Please be sure that I am not colored with any political colors. Those are just a voice of innocent victims who cant speak or are not heard.

के बनायौ इस्वर, मान्छेको जात अचम्म छ।
ठुला-सना धनी-गरिब हर बात अचम्म छ।।

माफिया हरुको बिरुद्धमा अन्सन बस्दछ सन्त कोही।
माफियाको ईशारामा चल्ने VCको औकात अचम्म छ।।
 
अधिकारि दम्पती मर्दैछन, हत्यारालाई सजाय दिन ।
अनी हत्यारा सुत्ने 10 लाखको खाट अचम्म छ।।
 
साँढेको जुधाइ बाच्छा को मिचाइ भन्छन।
निमुखा कम्जोरले पाउने सौगात अचम्म छ।।
 
म तुच्छ अरे, मेरो जात सानो अरे।
मन्दिरमा मलाई रोक्ने हात अचम्म छ।।
 
Switch on गर्दा सुरु हुने, off गर्दा बन्द हुने।
सस्तो सजिलो माया, यौवनको मात अचम्म छ।।

Thank You

Tuesday, September 24, 2013

जात, धर्म र क्षेत्रका साँघुरा घेराहरु...

तपाईं कुन जातको? कुन धर्मको? कुन छेत्रको? आदी-इत्यादी जस्ता कुराहरु तपाईंको लागि कती महत्वपूर्ण छन? कतिलाई धेरै महत्वपूर्ण होला। कतिलाई छदै छैन होला। क्यही चाँही बिच-बिचमा हुनुन्छ होला। मेरो लागि यो सब फिटिक्कै महत्वपूर्ण छैन। म एउटा मानव हुँ र आफुलाई त्यही देख्दछु। संसारका सारा मानवहरु कुनै न कुनै समयमा आफ्रिकाबाट बसाइ सरेर आएका हुन र आफ्रिकाका कालाजाती नै हामी सबैको पुर्खा हुन भन्ने मलाई ज्ञान छ। त्यसैले हामी सबै एकै हौ, हामीमा कुनै फरक छैन भन्ने म विश्वाश गर्छु। जात, धर्म, क्षेत्र इत्यादीका साघुरा घेराहरुमा म कदापी आटाउन सक्दिन।

तल्लो जात भनिएकालाई मन्दिरमा छिर्न नदिएको सुन्नु भएकै होला। कती बाउ-आमाले तल्लो जातका विद्यार्थी पढ्ने बिद्यालयमा आफ्ना छोरा-छोरी नपठाएको पनि देख्नु भएको होला। हाम्रै गाउको होटलहरुमा दलितलाई समान त बेचिन्छ तर छुन दीइदैन। पसलेले समान माथिबाट नछोइकन झोलामा झारी दिन्छन। चिया पियुन जादा उनिहरु आफ्नै गिलास लान्छन जस्मा पसलेले चिया खन्याइ दिन्छ। यो 'नाटक' मैले धेरै पटक देखेको छु। गाउ-घरको मात्र के कुरा। ठुला, पढेका, जनेबुझेका भनिएकाको पनि उही हाल छ। हालका प्रधानमन्त्री भनाउदा, खिलराज रेग्मी बाजेले पनि प्रधानमन्त्री निवास सरेकै दिन देखी तल्लो जात भनिएकालाई kitchenमा छिर्न मनाही गरेको, उनीहरुले छोएको नखाने गरेको, अनी तल्लो जातका आगुवाहरु काम-बिशेषले भेट्न जदा बैठक कोठामा जान नदिइ बहिरकै कोठामा (waiting roomमा) भेट गर्ने गरेको समाचार हलसालै केही पत्रीका हरुमा छापिएको थियो। उनी देवी-देव्ता बडो मान्छन अरे। दलितका र उन्का देवता फरक छन कि के हो? जात्-सात भन्ने कुरो पहिला कही-कतै थिएन, भगवानले बनाइदिएका हैनन। "चार जात छातीस बर्ण" भनेर प्रिथिवी नारायण शाहले बर्गीकरण गरेका हुन। अनी ठुलो-सानो, छुत्-अछुत भनेर जङ्ग बहादुर राणाले मुलुकी अैन मार्फत १८५० तिर मात्र बनाएका हुन भन्ने कुरा प्रधानन्ययधिस बनेका मान्छेलाई थाहा छैन होला? कि आफ्नो स्वार्थका लागि (आफु ठुलो हुन) बुझेर पनि बुझ पचाएका हुन? एउटा घरायसी कुरा भन्छु, मेरा मावली (जो खस सुमादाएका बाहुन हुन) एक समयमा झापा तिर बस्थे। उनिहरुले बहिनीले बिहे गरेको केटो (मेरो बुवा) उनिहरुको जातको हैनन, सानो जातको हो भनेर धेरै पछी सम्म हामी भन्जा-भन्जी र बहिनिलाई पूजाकोठामा छिर्न दीदैन थिए। पछी बिस्तारै उन्का भगवान सुध्रदै गएछन। त्यस बेला म सानै भएकोले यि कुराहरु बुझ्न सक्दिन थिए।
 

यिनिहरुले नियम पनि अचम्मकै बनाका छन, दलितबाट पसलको समान छुइनु हुन्न तर त्यो समान बापतको पैसा चाँही हातले लिएर ढोगेर गल्लामा हाल्न हुन्छ। थुक लाउदै सिएको लुगा लाउन हुन्छ, बनाएको चप्पल लाउन हुन्छ तर छोको भात खानु हुन्न। अनी फेरी पकाको खीर, मिठाइ चाँही प्रसाद भनेर खान हुन्छ। अचम्म।

धर्मको बिसयमा पनि हामी धेरै नै सङ्कीर्ण छौ। म केटाकेटी हुँदाखेरीको एउटा घट्ना सम्झिन्छु। एउटा मुस्लिम साथीले इद्मा 'सबैको खीर' खान बोलाएको थियो। साथीकोमा खान जाने कुरा घरमा बताए पछी मलाई 'मुसलमानकोमा गएर खानु हुन्न' भनेर बताइयो। मैले त्यसै गरे। गलत गरे भन्ने कुरा बिस्तारै थाहा पाए। पछी थुप्रै मुस्लिम साथीहरुकोमा गाको छु, एउटै थालमा पनि खाको छु। आहिले इद्मा पकाइने 'खीर्-खुर्मा' मलाई मन पर्ने पारीकार मध्ये एक हो।

नमज्जाको कुरो के पनि छ भने, बुढा त बुढा भै हाले, केही (सबै हैन) युवाहरु पनि जातको प्रथा नराम्रो हो भनी बुझेका त छन तर ब्य्हबारमा उतार्न आप्ठ्यारो मान्छन। "कुरा त ठिकै हो, तर अैले नै सकिन्न" भनेर धेरै ठुला जात भनिएका युवाहरुले भन्छन। आफ्नै साथीहरुबाट पनि सुनेको छु। आफुलाई आप्ठ्यारो नपरी कस्ले ज्ञान-गुन र नैतीकताका कुरा सम्झेर बसोस। यो उदासिन्ताको रवैया (attitude of unconcern)ले युवाहरुलाई नराम्रोसँग गाजेको छ भन्ने मेरो बुझाई हो। उच्च जातका पढेलेखेका युवाहरुलाई नयाँ न्यायसंगत परिवर्तनहरु अप्नाउन केही अप्ठ्यारो महसूस हुँदै छ। ऐलेका युवाहरु ठुला भएपछी यी भेद्भाब हराएर जानेछ भन्ने 'भ्रम' धेरैले पालेर बसेका छन। जुन मेरो बुझाईमा सत्य होइन। बिस्तारै हामी यो सबबाट माथि त उठ्नेछौ, भेद्भाब हटाउनेछौ। यसबाट फाईदा लिइरहेकाले चाहे पनि- नचाहे पनि यस्तै हुनेछ। मेरो चित्त दुखेको किन हो भने, मेरो पूस्ताले यसलाई पुरै निर्मुल पार्ने छैन। हामी पछीको पूस्ताले मात्र पार्ने छ। भोली यही बिस्लेसण हाम्रो छोरा-छोरिको पूस्ताले सुनाउदा हामीले सिर निहुराएर स्विकार गर्नु पर्ने छ।

मेरो पछील्लो blog "बुद्धले कहिल्यै दौरा सुरुवाल र ढाकाटोपी लाए होलान?" र त्यसमा आएका क्यही प्रतिकृयाहरुले मलाई कता कता फरक ढंगले सोच्न वाध्य बनायो र यो लेख लेखे। कुनै पत्रीकाको एउटा अत्ती नै राम्रो लेखको क्यही पङ्ती चित्त नबुझेर मैले त्यो लेखेको थिए। नेपालले भरातलाई फूटबलमा जितेपछी क्यही नेपालीहरुले 'धोती हारेको' भन्ने नारा लाउदा, धोती लाउने नेपालीलाई नराम्रो लाग्नु स्वाभाबिक थियो। तर सोही कारणले नेपालको जितमा खुशीयाली मनाउन सकेनन भन्ने तर्कमा मेरो ठुलो असहमती थियो। छ। मेरै हजुरबुवाले आजीवन धोती मात्र लाएको लगायतका कुरा पनि लेखेको थिए। तर अर्थ को अनर्थ के पनि लाग्यो भने, म तराइ मुलको  भएकोले मात्र मेरो चित्त दुख्यो र मैले त्यो लेखे। जुन कदापी सत्य हैन। सधैं सधैं मेरो आवाज भेदभावको बिरुद्धमा हो। असमान्ताका बिरुद्धमा हो। पक्षपातको बिरुद्धमा हो। अन्यायको बिरुद्धमा हो। र सधैं रहन्छ। यी सब ति निर्दोश सिकार (innocent victim) हरुको ठाउमा आफुलाई रखेर हेर्दाखेरिका मेरा अनुभुतीहरु हुन। एक पटक फेरी दोहोरयाउछु। यो जात, धर्म, क्षेत्र इत्यादीका घेराहरु मेरालागी अत्तिनै साघुरा छन, म उडन्ते चरी जस्तो स्वतन्त्र मान्छे यि साघुरा घेरा हरुमा कदापी आटाउन सक्दिन।

Wednesday, September 18, 2013

बुद्धले कहिल्यै दौरा सुरुवाल र ढाकाटोपी लाए होलान?


"तराइका थुप्रै धोती लाउने परिवारले नेपालले भारतलाई फूटबलमा जितेको खुशीयाली मनाउन गार्हो माने"
माथिको वाक्य देशको सबै भन्दा प्रतिष्ठित पत्रीका 'कान्तिपुर दैनिक'मा छापिएको एउटा लेखबाट लीयिएको हो। देशकै प्रतिष्ठित पत्रीकामा एउटा विद्वान(?)ले यस्तो बिबाद्स्पद र मनगढन्ते तर्क दिने ध्रिस्टता कसरी गरेछन? अनी कान्तिपुर जस्तो पारीपक्व मिडिया हाउसले यस्लाई कसरी छापेछ? सच्याउन किन चाहेनछ?

"फूटबल र नेपाली राष्ट्रियता" शिर्षकमा भाद्र ३१ गते छापिएको यो लेखले नेपालको फूटबलको बिगत र त्यसताका नेपालीको मनोभाबनाको राम्रो बिस्लेसण गरेको छ। युबाहरुलाई राष्ट्रिय एकतामा बाध्न पनि गतिलो जमर्को गरेको छ। सरसरती पढ्दा लेखकको नियत नराम्रो देखिदैन। तर, तराइ मुलका नेपालीहरुलाई ठाडै "नेपालीले जित्दा खुशी मनाउन गाह्रो माने" भन्नु उनको बैचारिक सङ्कीर्णता हो, बिभेदको सोच हो। उनले
यसलाई स्वाभाबिक मान्नु र त्यस माथि झन 'धोती हारेको' नारा सुनेर नेपालले जितेको खुशी लगेन होला भन्ने सोच्नु सङ्किर्णताको चरम सिमा हो। हुनत अझै पनि काठमाडौंमा 'एक थरी'का मान्छेहरुले तराईवासी  पनि नेपाली हुन भनेर स्वीकार गरेकै छैनन। या भनौ, गर्न चाहदैनन। लेखक पनि तिनै 'एक थरी' मध्येका एक हुन सक्छन। आफुले मात्र देशको माया गर्छु, या फलनो (समुदाए)ले गर्दैन भन्नु एउटा दरिद्र मानसिकता हो। भन्ने मान्छे चाहे कति नै विद्वान या शिक्षित किन नहोस्।

मेरै हजुरबुवालाई मैले जिन्दगीमा धोती बाहेक अरु लुगा लाएको देखेको छुइन। अबस्य पनि मेरो र हरेक तराई मुलका मान्छेको मनमा यो पहिरन प्रती आगाढ सम्मान छ। बिगतमा तराइ-मधेशको हावापानी-बातावरणलाई सुहाउने यहि पहिरन मात्र उपलब्ध थियो। तराइ मुलका मान्छे मात्र किन, पहाड हिमालमा पनि पूजा बर्तबन्ध इत्यदीमा धोती नै लाएका हुन्छन। राजा प्रिथिवी नारायण शाहको बर्गिकरणमा ठुलो भनिएका बाहुनहरुले लाउने लुगा धोती नै हो। भनेपछी, धोती भारतीयहरुलाई या तराइ मुलका नेपालीलाई मात्र सम्बोधन गरिने शब्द पक्कै भएन। तर छेत्रीय र भाषिक बिभेद प्रस्तुत गर्न यो शब्दले बढी नै घोच्-पेच गरेको देखिन्छ।

लेखककै कुरामा म थोरै फरक कुरा जोड्न चाहन्छु। तराई मुलका मान्छेहरुलाई हेपाहा सैलीमा 'धोती' र 'भैया' भनेर गिज्याउने, धोती लाउनेहरु नेपाली हैनन् भारतीय हुन भन्नेहरुले कहिले सोचेका छन, गौतम बुद्ध के लुगा लगाउथे? कुन भाषा बोल्थे? 'बुद्ध वाज बोर्न इन नेपाल (Buddha was born in Nepal)' नारा त सबैले जोड-तोडले लाएकै छन, फेसबूक र  टुइटरमा लेखेकै छन, हैन र? बुद्ध मधेश मै जन्मिए, सधैं धोती नै लाये, दौरा-सुर्वाल र ढाकाटोपी कहिले देखन पनि पाएनन होला। सम्मान पूर्वक धेरैलाई 'भैया' नै सम्बोधन गरे, दाजु भन्ने शब्द पनी छ भनेर थाहा नै पाएनन होला। भगवान भनिएर पुजिएकी अर्की नेपाली चेली "सिता" पनि जनकपुरमा जन्मे-हुर्किएर मैथिली लवज नै बोलिन, मैथिल लुगा नै लायीन। गुन्यु-चोली लाएर पटुका कहिल्यै बधिनन् होला। मैले भन्न खोजेको के हो भने: एउटा भाषा, एउटा भेस, एउटा पहिरनले सम्पूर्ण नेपालीलाई चिनाउन सक्दैन। हाम्रा अनेक रुप हरु छन। अने
कतामा एकता नै हाम्रो पहिचान हुनु पर्छ। 


मेरो लवज, अनुहार तराइ मुलको जस्तो नदेखिने भएकोले धेरैले मलाई पहाड मुलकै ठान्छन। "मदिसेलाई त कोठा भाडामा दिनु हुन्न।", "मर्स्या भनेको त भेडो जात हो।" इत्यादी जस्ता कुरा पनि कती पल्ट भनेका छन। कहिले-काही बाद्-बिबादमा पनि उत्रेको छु। कहिले-कही चाँही 'ये' मात्र भनेर, मन्-मनै उस्को दरिद्र सोच लाई बिचरा भन्दै, आफ्नो बाटो लगेको छु। धोती, फोरम जस्ता शब्दले हेपेको त सर्बजिक बस र माईक्रोमै कती चोटि सुन्न पाइन्छ, धेरै ले सुन्नु भाको पनि होला।

अर्थ को अनर्थ नलागोस, म एउटा समुदायेको पक्षधर बनेर अर्कोलाई आरोप लाउन खोजेको, सम्प्रदायिक्ता देखाउन खोजेको निस्चए
पनि हैन। बिभेद संसारमा जहाँ पनि छ। शक्तिसालीले निमुखालाई पेलेकै हुन्छन। अमेरिकाले रङ्गभेद (गोरा र काला जाती बिचको बिभेद) हटाएको १०० बर्ष नाघी सक्यो। हामी चाँही कहिले सम्म कानमा तेल हालेर सुती राख्ने? यो लेख मार्फत मैले एउटा सङ्कीर्णतालाई उजागर गर्न मात्र खोजेको हुँ। जात, धर्म, लिङ, भाषा, पहिरन, क्षेत्र इत्यादीका नाममा हुने बिभेदको अन्त्य होस् भन्ने चाहेको हुँ। देशका सबै नागरिक भाई-बन्धुको नाता जोडेर अघी बढौ भन्ने चाहेको हुँ। हामी भित्रको सङ्किर्णताले नै हामीलाई एक-अर्का बाट टाढा लादै छ, देशमा गृह युद्ध ल्याउदै छ भन्न चहेको हुँ। चनखो हुनु हाम्रो जिम्मेबारी हो। समाज भित्रका बिभेदहरु हटाएर राष्ट्रको बिकासका निम्ती अघी बढ्नु आहिलेको आवश्यकता हो। खुशीको कुरा के पनि हो भने, हाम्रो समाजमा सबैजाना बिभेदको रोगबाट ग्रस्त छैनन। मेरा अधिकान्स आत्मिय मित्रहरु पहाड मुलकै छन, उनिहरुमा बिभेदको सोच कही कतै छैन। समाजको सद्भाब र एक्ता जोगाउने जिम्मा उनिहरुको पनी हो र मेरो पनि। केही सङ्किर्ण मान्छेहरुसँगको तितो अनुभबबाट निरुत्साहित भएर यो सद्भाब र एकता को अभियानलाई म आफु भित्र कहिल्यै मर्न दिने छैन। दिनु हुँदैन।

जय  नेपाल

Saturday, September 7, 2013

डा. सुबर्ण बिदा हुँदा...

थोरै मनिस् मात्र यस्ता हुन्छन जस्लाई बिर्सन सकिन्नजस्लाई आजीवन श्रद्धा गरिन्छ। मैले अत्ती नै श्रद्धा गर्ने मान्छे हुनुहुन्छ डासुबर्ण मणी धिताल। वहाँ आजीवन मेरो idol रहनु हुने छ।



अस्पतालमा
 धेरै राम्रा डाक्टरप्रोफेसर हरु छन। राम्रो पढाउनेराम्रो सिकाउनेबिरामी लाई राम्रो उपचार गर्ने डाक्टर धेरै नै हुन्छनछन। तर पनि वहाँ मलाई सबै भन्दा प्रेरणादायी लाग्नु भयोहुनुहुन्थियो। एउटा सानो कुरा share गर्छु म। सरको मा आउने कुनै बिरामी टाढा बाट आको गरीब पछी follow-up मा  आउँदैन जस्तो लाग्यो भनेसो बिरामी को नामठेगानाफोन नम्बररोगउपचार र्इत्यदी डायरि मा टिपोट गर्नु हुन्छ  आँफै फोन गरेर या अस्पतालमा काम गर्ने दाई हरुलाई फोन गर्न लाएर follow-up  गर्नु  हुन्छ। आफ्ना बिरामी प्रती एती उत्तरदायी भएको देखेर  छक्क परथिए। आफ्नो स्वार्थ-फाईदा नहुने  काममान्छेले गरेको कमै मात्र देख्न पायीन्छ। वहाँले गर्ने काम साचैनै उधाराणीय थियो। आफ्नै पैसा खर्च गरेर बिरामीको अवस्था बारे बुझ्नेसल्लाह दिने काम कुन पो डाक्टरले गर्छन् गर्छन् होला तर मैले देखेको,  सुनेको छैन।


हामी
 मध्ये धेरै लाई थाहा वहाँले नेपाल मेडिकल कलेज बाट MBBS गरेपछी अमेरिका को ‘Saint Vincent Hospital बाट MD, DM    fellowship  गर्नु  भएको  हो। पढाई सके पछी वहाँ काम गर्न नेपाल फर्किनु भा'को हो। आधिकान्स नेपाली डाक्टर बिदेश  बसाइ सर्न चाहन्छन। उतै बसेका कमै मात्र फर्किन चाहन्छन। permanent residency  नपाएर  फर्किने  बाहेकथोरै मात्र येस्ता हुन्छन जो आफ्नो देशमा काम गरौत्यहा बिकास गर्न आफ्नो   योग्दान दियौ भन्ने भावनाले नेपाल फर्किन्छन।
एक दिन को कुरा होएकजना अस्पातलको दाइले (बिध्यार्थी कै अगाडिवहाँ लाई एउटा ब्यपारिक् प्रस्ताब्   राखेछन, “डाक्टरसाब,  एउटा  डाइबिटिज  क्लिनिक खोलौसबै कुरा  मिलाउछुसर साँझ बिदा भएपछी आएर बिरामी हेरी दिनुस्बाँकीलाई  छदैछुपैसा  कती कमाइन्छ कति।” वहाँले बडो नम्रतापूर्वक जवाफ दिनुभएछ, "हेर्नुस् सर पैसै कमाउन  नेपाल आएको हैनपैसा नै कमाउने भए   उतै बसीहाल्थेत्यसैले क्लिनिक चाँही आहिले नखोलौ।” एती भनेर हिंड्नु भएछ। आजको समय मा चिकित्सा पेसामा प्रसस्त बिक्रितीहरु   देखिन थालेका छन। बिरामीको रोग सँग डाक्टरले ब्यापार नै गर्न थालेका छन। हामी सबैले देखे-सुनेका छौकती डाक्टर हरुले औषधी कम्पनीसँग कमिसन लिएर महँगो खाले औषधी लेख्छनल्याब सँग कमिसन लिएर नचाहिने जाच गराउछन। बिशेष गरी निजी अस्पताल हरुमा यो ब्यापक छ। काठमाडौं कै सरकारी अस्पताल ले  पनि  कमिसन  को  लोभमा  बिरामी  लाई  उपचार्  नगरि  दु:  दिएर  प्राइभेटमा  जान  वाध्य  पार्छन। अनावश्यक रुपमा ICU प्रयोग गराउछन  बिरामी को पैसा हत्याउछन। बिरामी ल्याये बापत  एमबुलेन्स    ट्याक्सी लाई पनि कमिसन दियीन्छ। आखिर यो सबै पैसा बिरामीबाटै उठाइने हो। क्यही दिन पहिला, TUTH मा अस्पताल निर्देसक भएपछी डाभगवान कोइरालाले बिरामीलाई निजीमा पठाउने,  दु:  दिने  कुरामा कडाइ गरे पछी उन्लाई पदबाट हटाउन बिभिन्न सड्यन्त्र रचियोआन्तत्  प्रए:  सबैको  आसहयोग भएपछी उन्ले रजिनामा नै गरे  पनि। क्यही  युवा  डाक्टर    नागरिक  समाजले  उन्को  पक्षमा आन्दोलन नै छेडे पछी सुखद अन्त्य भयोतर तेतिन्जेल सम्ममा डाक्टर हरुको नियत सबैले देखिसकेका थिए।  येस्ता नैतीक रुपमा पतन भैसकेका डाक्टरहरु को भीडमा डासुबर्णलाई एती उत्तरदायी  सम्बेदनशील देखेर सिर श्रद्धाका साथ नतमस्तक हुनु ठुलो कुरा भएन।

बिरामी
 हेर्न चाडो आउने  प्राये सबै भन्दा ढिलो जानेसरको काम प्रतीको लगाब देखेर मैले धेरै सिकेको छु।  मा पनि आजीवन प्रोफेसर हुनेमेडिकल कोलेज को डिन हुने या विश्वाबिध्यलयेको उपकुल्पती हुने खाल्को कुनै मह्त्वकांछा छैनहुने छैन।  पनि आफ्नो गृह-जिल्ला फर्केर बिरामी हरुको त्यही उत्तरदाइत्व का साथ सेवा गर्नेछुजुन उत्तरदाइत्वका साथ सुबर्ण सर ले गर्नु हुन्थियो। हुनत पाटन अस्पातलमा हामी लाई जुन सोच  सिकाइ का साथ हुर्काइदै प्राये सबै नै साथीहरु  भाई-बहिनी हरुले यस्तैनै सोच्दा हुन।  यस्तै नै गर्ने छन। (भनी रहनु नपर्लाहामी प्रथम ब्याच भा'को ले दाइ-दिदी चाँही छैनन।हुनत आहिले हामी  20-25  बर्षका  आला-काचा  मान्छे हौ। जीवन मा धेरै भोग्न-देख्न बाँकी छ। तर  आस गर्छुयो नैतीकताको पाठ हामी कहिले भुल्ने छैनौ।

मुल
 कुरामा फर्किउआजै यो दु:खद समाचार पाये मैलेसुबर्ण सर  हाम्रो  मेडिकल कलेज (पाटन अस्पतालछोडेर जादै हुनुन्छ भन्ने। आज शुक्रबार (जेष्ठ 31,2070/2013 june), कोलेज चाडै बिदा भएर होस्टल आएसर को ब्लगमा वहाँले पाटन छोड्नु भएको बारेमा एउटा लेख लेख्नु भएको रहेछ। मन कता-कता खिन्न भएर आयो। आज महिनाको आन्तिम दिन भाकोले आजै सरको पाटन अस्पतालमा आन्तिम दिन हुनु पर्छ  भनेर लख काटे मैले। कोही फ्याकल्टी (प्रये गेस्ट फ्याकल्टीजाने बेलामा हामी क्लासका साथी हरु आबिर लाएर,  खादा ओढाएरउपहार दिएर बडो धूम-धाम साथ बिदाइ गर्छौ। सुबर्ण सर लाई बिदा गर्न समय नभएकोले पनि मलाई नरमाइलो लाग्यो। सरलाई  अन्तिम पटक चाँही भेटौ भनेरफेरी  अस्पताल  फर्किने  निर्णये  गरे।  सानो उपहार पनि किनेर अस्पताल तिर लागे। सर 4-5  बजे  तिर  साझा बसमा घर (महाराजगन्जजानु हुन्छ भन्ने थाहा थियो मलाई। मैले आज  दाजुकोमा जानु पर्ने  भएकोले सोही बसमा रत्न-पार्क सम्म जाने बिचार गरे।
सर किन हामीलाई छाड्ने हुनु भएछ भन्ने कुरा खेलाउदै   अस्पताल गए। सर ले छाडदै हुनुन्छ भन्ने हल्ला पहिला नै सुनेको थिएमैले वहाँ लाई सोध्दा,"पुरै छोड्दिनतिमी हरुलाई पढाई रहन्छु।” भन्नुभएको थियो।  रजिनामा दिने निर्णये कसरी लिनु भँएछ  सोच्दै अस्पताल पुगे। त्यहा गये पछी बहिरङ बिभाग  (OPDका दाई हरु सँग कुरा गर्दा थाहा भयोसर अघिल्लो हप्ता देखी नै अस्पताल आउन छाड्नु भएछ भनेर। पछील्लो सुक्रबार वहाँको आन्तिम दिन थियो। आईतवार कै flight ले अमेरिका  जानु  भैसक्या रहेछ।  डेढ  महिना पछी नेपाल फर्किने तर पाटन चाँही नफर्किने निर्णये गर्नु भा रहेछ।  यो  सुनेर नमज्जा लाग्योअझ आन्तिम पट्क भेट्न, 'good-bye' भन्न नपाएको मा झन खल्लो भयो।
हुनत पाटन अस्पतालबाट समय समयमा ठुला मान्छेहरु छाडेर गएका छन। ति डाक्टर बिना पाटन को के हालत होला भन्ने पनि सोचियो। पाटन कै ठुला डाक्टर ले B&B अस्पताल खोले। एक जना अत्तीनै राम्रा डाक्टर  (हाड जोर्नी बिशेषयज्ञक्यहि बर्ष पहिला (हामी यही हुँदाछाडेर जानु भएकोऐले कर्णाली स्वास्थ्य बिज्ञान  प्रतिस्ठान को टिचिङ हसपीटलमा अस्पताल निर्देसक को रूपमा काम गर्दै हुनुन्छ। धेरै गुमाउदै पनि पाटन अस्पताल उुही उचाइका साथ उभी रहेकै छ। भनिन्छ "man may come and man may go but institution goes on."  सुबर्ण  सरको बहिर्गमन बाट बसेको घाऊ पनि निको होलातर मेरो जीवनमाब्यक्तिगत रूपमा वहाँको सधै त्यही स्थान रहने  जो आहिले छ।
जहाँ भए पनि सुबर्ण सर को सधैं भलो होस्।
Link of Subarna sir's blog where he has written about exit from PAHS.