तपाईं कुन जातको?
कुन धर्मको? कुन
छेत्रको? आदी-इत्यादी
जस्ता कुराहरु तपाईंको
लागि कती महत्वपूर्ण
छन? कतिलाई धेरै
महत्वपूर्ण होला। कतिलाई छदै
छैन होला। क्यही
चाँही बिच-बिचमा
हुनुन्छ होला। मेरो लागि
यो सब फिटिक्कै
महत्वपूर्ण छैन। म
एउटा मानव हुँ
र आफुलाई त्यही
देख्दछु। संसारका सारा मानवहरु
कुनै न कुनै
समयमा आफ्रिकाबाट बसाइ
सरेर आएका हुन
र आफ्रिकाका कालाजाती
नै हामी सबैको
पुर्खा हुन भन्ने
मलाई ज्ञान छ।
त्यसैले हामी सबै
एकै हौ, हामीमा
कुनै फरक छैन
भन्ने म विश्वाश
गर्छु। जात, धर्म,
क्षेत्र इत्यादीका साघुरा घेराहरुमा
म कदापी आटाउन
सक्दिन।
तल्लो जात भनिएकालाई
मन्दिरमा छिर्न नदिएको सुन्नु
भएकै होला। कती
बाउ-आमाले तल्लो
जातका विद्यार्थी पढ्ने
बिद्यालयमा आफ्ना छोरा-छोरी
नपठाएको पनि देख्नु
भएको होला। हाम्रै
गाउको होटलहरुमा दलितलाई
समान त बेचिन्छ
तर छुन दीइदैन।
पसलेले समान माथिबाट
नछोइकन झोलामा झारी दिन्छन।
चिया पियुन जादा
उनिहरु आफ्नै गिलास लान्छन
जस्मा पसलेले चिया
खन्याइ दिन्छ। यो 'नाटक'
मैले धेरै पटक
देखेको छु। गाउ-घरको मात्र
के कुरा। ठुला,
पढेका, जनेबुझेका भनिएकाको पनि
उही हाल छ।
हालका प्रधानमन्त्री भनाउदा,
खिलराज रेग्मी बाजेले पनि
प्रधानमन्त्री निवास सरेकै दिन
देखी तल्लो जात
भनिएकालाई kitchenमा छिर्न
मनाही गरेको, उनीहरुले
छोएको नखाने गरेको,
अनी तल्लो जातका
आगुवाहरु काम-बिशेषले
भेट्न जदा बैठक
कोठामा जान नदिइ
बहिरकै कोठामा (waiting roomमा) भेट
गर्ने गरेको समाचार
हलसालै केही पत्रीका
हरुमा छापिएको थियो।
उनी देवी-देव्ता
बडो मान्छन अरे।
दलितका र उन्का
देवता फरक छन
कि के हो?
जात्-सात भन्ने
कुरो पहिला कही-कतै थिएन,
भगवानले बनाइदिएका हैनन। "चार
जात छातीस बर्ण"
भनेर प्रिथिवी नारायण
शाहले बर्गीकरण गरेका
हुन। अनी ठुलो-सानो, छुत्-अछुत
भनेर जङ्ग बहादुर
राणाले मुलुकी अैन मार्फत
१८५० तिर मात्र
बनाएका हुन भन्ने
कुरा प्रधानन्ययधिस बनेका
मान्छेलाई थाहा छैन
होला? कि आफ्नो
स्वार्थका लागि (आफु ठुलो
हुन) बुझेर पनि
बुझ पचाएका हुन?
एउटा घरायसी कुरा
भन्छु, मेरा मावली
(जो खस सुमादाएका
बाहुन हुन) एक
समयमा झापा तिर
बस्थे। उनिहरुले बहिनीले बिहे
गरेको केटो (मेरो
बुवा) उनिहरुको जातको
हैनन, सानो जातको
हो भनेर धेरै
पछी सम्म हामी
भन्जा-भन्जी र
बहिनिलाई पूजाकोठामा छिर्न दीदैन
थिए। पछी बिस्तारै
उन्का भगवान सुध्रदै
गएछन। त्यस बेला
म सानै भएकोले
यि कुराहरु बुझ्न
सक्दिन थिए।
यिनिहरुले नियम पनि अचम्मकै बनाका छन, दलितबाट पसलको समान छुइनु हुन्न तर त्यो समान बापतको पैसा चाँही हातले लिएर ढोगेर गल्लामा हाल्न हुन्छ। थुक लाउदै सिएको लुगा लाउन हुन्छ, बनाएको चप्पल लाउन हुन्छ तर छोको भात खानु हुन्न। अनी फेरी पकाको खीर, मिठाइ चाँही प्रसाद भनेर खान हुन्छ। अचम्म।
यिनिहरुले नियम पनि अचम्मकै बनाका छन, दलितबाट पसलको समान छुइनु हुन्न तर त्यो समान बापतको पैसा चाँही हातले लिएर ढोगेर गल्लामा हाल्न हुन्छ। थुक लाउदै सिएको लुगा लाउन हुन्छ, बनाएको चप्पल लाउन हुन्छ तर छोको भात खानु हुन्न। अनी फेरी पकाको खीर, मिठाइ चाँही प्रसाद भनेर खान हुन्छ। अचम्म।
धर्मको बिसयमा पनि हामी
धेरै नै सङ्कीर्ण
छौ। म केटाकेटी
हुँदाखेरीको एउटा घट्ना
सम्झिन्छु। एउटा मुस्लिम
साथीले इद्मा 'सबैको खीर'
खान बोलाएको थियो।
साथीकोमा खान जाने
कुरा घरमा बताए
पछी मलाई 'मुसलमानकोमा
गएर खानु हुन्न'
भनेर बताइयो। मैले
त्यसै गरे। गलत
गरे भन्ने कुरा
बिस्तारै थाहा पाए।
पछी थुप्रै मुस्लिम
साथीहरुकोमा गाको छु,
एउटै थालमा पनि
खाको छु। आहिले
इद्मा पकाइने 'खीर्-खुर्मा' मलाई मन
पर्ने पारीकार मध्ये
एक हो।
नमज्जाको कुरो के
पनि छ भने,
बुढा त बुढा
भै हाले, केही
(सबै हैन) युवाहरु
पनि जातको प्रथा
नराम्रो हो भनी
बुझेका त छन
तर ब्य्हबारमा उतार्न
आप्ठ्यारो मान्छन। "कुरा त
ठिकै हो, तर
अैले नै सकिन्न"
भनेर धेरै ठुला
जात भनिएका युवाहरुले
भन्छन। आफ्नै साथीहरुबाट पनि
सुनेको छु। आफुलाई
आप्ठ्यारो नपरी कस्ले
ज्ञान-गुन र
नैतीकताका कुरा सम्झेर
बसोस। यो उदासिन्ताको
रवैया (attitude of unconcern)ले युवाहरुलाई
नराम्रोसँग गाजेको छ भन्ने
मेरो बुझाई हो।
उच्च जातका पढेलेखेका
युवाहरुलाई नयाँ न्यायसंगत
परिवर्तनहरु अप्नाउन केही अप्ठ्यारो
महसूस हुँदै छ।
ऐलेका युवाहरु ठुला
भएपछी यी भेद्भाब
हराएर जानेछ भन्ने
'भ्रम' धेरैले पालेर बसेका
छन। जुन मेरो
बुझाईमा सत्य होइन।
बिस्तारै हामी यो
सबबाट माथि त
उठ्नेछौ, भेद्भाब हटाउनेछौ। यसबाट
फाईदा लिइरहेकाले चाहे
पनि- नचाहे पनि
यस्तै हुनेछ। मेरो
चित्त दुखेको किन
हो भने, मेरो
पूस्ताले यसलाई पुरै निर्मुल
पार्ने छैन। हामी
पछीको पूस्ताले मात्र
पार्ने छ। भोली
यही बिस्लेसण हाम्रो
छोरा-छोरिको पूस्ताले
सुनाउदा हामीले सिर निहुराएर
स्विकार गर्नु पर्ने छ।
मेरो पछील्लो blog "बुद्धले कहिल्यै दौरा सुरुवाल र ढाकाटोपी लाए होलान?" र त्यसमा
आएका क्यही प्रतिकृयाहरुले
मलाई कता कता
फरक ढंगले सोच्न
वाध्य बनायो र
यो लेख लेखे।
कुनै पत्रीकाको एउटा
अत्ती नै राम्रो
लेखको क्यही पङ्ती
चित्त नबुझेर मैले
त्यो लेखेको थिए।
नेपालले भरातलाई फूटबलमा जितेपछी
क्यही नेपालीहरुले 'धोती
हारेको' भन्ने नारा लाउदा,
धोती लाउने नेपालीलाई
नराम्रो लाग्नु स्वाभाबिक थियो।
तर सोही कारणले
नेपालको जितमा खुशीयाली मनाउन
सकेनन भन्ने तर्कमा
मेरो ठुलो असहमती
थियो। छ। मेरै
हजुरबुवाले आजीवन धोती मात्र
लाएको लगायतका कुरा
पनि लेखेको थिए।
तर अर्थ को
अनर्थ के पनि
लाग्यो भने, म तराइ मुलको भएकोले मात्र
मेरो चित्त दुख्यो
र मैले त्यो
लेखे। जुन कदापी
सत्य हैन। सधैं
सधैं मेरो आवाज
भेदभावको बिरुद्धमा हो। असमान्ताका
बिरुद्धमा हो। पक्षपातको
बिरुद्धमा हो। अन्यायको
बिरुद्धमा हो। र
सधैं रहन्छ। यी
सब ति निर्दोश
सिकार (innocent victim) हरुको ठाउमा आफुलाई
रखेर हेर्दाखेरिका मेरा
अनुभुतीहरु हुन। एक
पटक फेरी दोहोरयाउछु।
यो जात, धर्म,
क्षेत्र इत्यादीका घेराहरु मेरालागी
अत्तिनै साघुरा छन, म
उडन्ते चरी जस्तो
स्वतन्त्र मान्छे यि साघुरा
घेरा हरुमा कदापी
आटाउन सक्दिन।