थोरै मनिस् मात्र यस्ता हुन्छन जस्लाई बिर्सन सकिन्न, जस्लाई आजीवन श्रद्धा गरिन्छ। मैले अत्ती नै श्रद्धा गर्ने मान्छे हुनुहुन्छ डा. सुबर्ण मणी धिताल। वहाँ आजीवन मेरो idol रहनु हुने छ।
अस्पतालमा धेरै राम्रा डाक्टर, प्रोफेसर हरु छन। राम्रो पढाउने, राम्रो सिकाउने, बिरामी लाई राम्रो उपचार गर्ने डाक्टर धेरै नै हुन्छन, छन। तर पनि वहाँ मलाई सबै भन्दा प्रेरणादायी लाग्नु भयो, हुनुहुन्थियो। एउटा सानो कुरा share गर्छु म। सरको मा आउने कुनै बिरामी टाढा बाट आको छ, गरीब छ, पछी follow-up मा आउँदैन जस्तो लाग्यो भने, सो बिरामी को नाम, ठेगाना, फोन नम्बर, रोग, उपचार र्इत्यदी डायरि मा टिपोट गर्नु हुन्छ र आँफै फोन गरेर या अस्पतालमा काम गर्ने दाई हरुलाई फोन गर्न लाएर follow-up गर्नु हुन्छ। आफ्ना बिरामी प्रती एती उत्तरदायी भएको देखेर म छक्क परथिए। आफ्नो स्वार्थ-फाईदा नहुने काम, मान्छेले गरेको कमै मात्र देख्न पायीन्छ। वहाँले गर्ने काम साचैनै उधाराणीय थियो। आफ्नै पैसा खर्च गरेर बिरामीको अवस्था बारे बुझ्ने, सल्लाह दिने काम कुन पो डाक्टरले गर्छन् र? गर्छन् होला तर मैले देखेको, सुनेको छैन।
हामी मध्ये धेरै लाई थाहा छ, वहाँले नेपाल मेडिकल कलेज बाट MBBS गरेपछी अमेरिका को ‘Saint Vincent Hospital बाट MD, DM र fellowship गर्नु भएको हो। पढाई सके पछी वहाँ काम गर्न नेपाल फर्किनु भा'को हो। आधिकान्स नेपाली डाक्टर बिदेश बसाइ सर्न चाहन्छन। उतै बसेका कमै मात्र फर्किन चाहन्छन। permanent residency नपाएर फर्किने बाहेक, थोरै मात्र येस्ता हुन्छन जो आफ्नो देशमा काम गरौ, त्यहा बिकास गर्न आफ्नो योग्दान दियौ भन्ने भावनाले नेपाल फर्किन्छन।
एक दिन को कुरा हो, एकजना अस्पातलको दाइले (बिध्यार्थी कै अगाडि) वहाँ लाई एउटा ब्यपारिक् प्रस्ताब् राखेछन, “डाक्टरसाब, एउटा डाइबिटिज क्लिनिक खोलौ, सबै कुरा म मिलाउछु, सर साँझ बिदा भएपछी आएर बिरामी हेरी दिनुस्, बाँकीलाई म छदैछु, पैसा त कती कमाइन्छ कति।” वहाँले बडो नम्रतापूर्वक जवाफ दिनुभएछ, "हेर्नुस् सर, म पैसै कमाउन त नेपाल आएको हैन, पैसा नै कमाउने भए त म उतै बसीहाल्थे, त्यसैले क्लिनिक चाँही आहिले नखोलौ।” एती भनेर हिंड्नु भएछ। आजको समय मा चिकित्सा पेसामा प्रसस्त बिक्रितीहरु देखिन थालेका छन। बिरामीको रोग सँग डाक्टरले ब्यापार नै गर्न थालेका छन। हामी सबैले देखे-सुनेका छौ, कती डाक्टर हरुले औषधी कम्पनीसँग कमिसन लिएर महँगो खाले औषधी लेख्छन, ल्याब सँग कमिसन लिएर नचाहिने जाच गराउछन। बिशेष गरी निजी अस्पताल हरुमा यो ब्यापक छ। काठमाडौं कै सरकारी अस्पताल ले पनि कमिसन को लोभमा बिरामी लाई उपचार् नगरि दु:ख दिएर प्राइभेटमा जान वाध्य पार्छन। अनावश्यक रुपमा ICU प्रयोग गराउछन र बिरामी को पैसा हत्याउछन। बिरामी ल्याये बापत एमबुलेन्स र ट्याक्सी लाई पनि कमिसन दियीन्छ। आखिर यो सबै पैसा बिरामीबाटै उठाइने हो। क्यही दिन पहिला, TUTH मा अस्पताल निर्देसक भएपछी डा. भगवान कोइरालाले बिरामीलाई निजीमा पठाउने, दु:ख दिने कुरामा कडाइ गरे पछी उन्लाई पदबाट हटाउन बिभिन्न सड्यन्त्र रचियो, आन्तत् प्रए: सबैको आसहयोग भएपछी उन्ले रजिनामा नै गरे पनि। क्यही युवा डाक्टर र नागरिक समाजले उन्को पक्षमा आन्दोलन नै छेडे पछी सुखद अन्त्य भयो, तर तेतिन्जेल सम्ममा डाक्टर हरुको नियत सबैले देखिसकेका थिए। येस्ता नैतीक रुपमा पतन भैसकेका डाक्टरहरु को भीडमा डा. सुबर्णलाई एती उत्तरदायी र सम्बेदनशील देखेर सिर श्रद्धाका साथ नतमस्तक हुनु ठुलो कुरा भएन।
बिरामी हेर्न चाडो आउने र प्राये सबै भन्दा ढिलो जाने, सरको काम प्रतीको लगाब देखेर मैले धेरै सिकेको छु। म मा पनि आजीवन प्रोफेसर हुने, मेडिकल कोलेज को डिन हुने या विश्वाबिध्यलयेको उपकुल्पती हुने खाल्को कुनै मह्त्वकांछा छैन, हुने छैन। म पनि आफ्नो गृह-जिल्ला फर्केर बिरामी हरुको त्यही उत्तरदाइत्व का साथ सेवा गर्नेछु, जुन उत्तरदाइत्वका साथ सुबर्ण सर ले गर्नु हुन्थियो। हुनत पाटन अस्पातलमा हामी लाई जुन सोच र सिकाइ का साथ हुर्काइदै छ, प्राये सबै नै साथीहरु र भाई-बहिनी हरुले यस्तैनै सोच्दा हुन। र यस्तै नै गर्ने छन। (भनी रहनु नपर्ला, हामी प्रथम ब्याच भा'को ले दाइ-दिदी चाँही छैनन।) हुनत आहिले हामी 20-25 बर्षका आला-काचा मान्छे हौ। जीवन मा धेरै भोग्न-देख्न बाँकी छ। तर म आस गर्छु, यो नैतीकताको पाठ हामी कहिले भुल्ने छैनौ।
मुल कुरामा फर्किउ, आजै यो दु:खद समाचार पाये मैले, सुबर्ण सर हाम्रो मेडिकल कलेज (पाटन अस्पताल) छोडेर जादै हुनुन्छ भन्ने। आज शुक्रबार (जेष्ठ 31,2070/2013 june), कोलेज चाडै बिदा भएर होस्टल आए, सर को ब्लगमा वहाँले पाटन छोड्नु भएको बारेमा एउटा लेख लेख्नु भएको रहेछ। मन कता-कता खिन्न भएर आयो। आज महिनाको आन्तिम दिन भाकोले आजै सरको पाटन अस्पतालमा आन्तिम दिन हुनु पर्छ भनेर लख काटे मैले। कोही फ्याकल्टी (प्रये गेस्ट फ्याकल्टी) जाने बेलामा हामी क्लासका साथी हरु आबिर लाएर, खादा ओढाएर, उपहार दिएर बडो धूम-धाम साथ बिदाइ गर्छौ। सुबर्ण सर लाई बिदा गर्न समय नभएकोले पनि मलाई नरमाइलो लाग्यो। सरलाई म अन्तिम पटक चाँही भेटौ भनेर, फेरी अस्पताल फर्किने निर्णये गरे। सानो उपहार पनि किनेर अस्पताल तिर लागे। सर 4-5 बजे तिर साझा बसमा घर (महाराजगन्ज) जानु हुन्छ भन्ने थाहा थियो मलाई। मैले आज दाजुकोमा जानु पर्ने भएकोले सोही बसमा रत्न-पार्क सम्म जाने बिचार गरे।
सर किन हामीलाई छाड्ने हुनु भएछ भन्ने कुरा खेलाउदै म अस्पताल गए। सर ले छाडदै हुनुन्छ भन्ने हल्ला पहिला नै सुनेको थिए, मैले वहाँ लाई सोध्दा,"पुरै छोड्दिन, तिमी हरुलाई पढाई रहन्छु।” भन्नुभएको थियो। रजिनामा दिने निर्णये कसरी लिनु भँएछ सोच्दै अस्पताल पुगे। त्यहा गये पछी बहिरङ बिभाग (OPD) का दाई हरु सँग कुरा गर्दा थाहा भयो, सर अघिल्लो हप्ता देखी नै अस्पताल आउन छाड्नु भएछ भनेर। पछील्लो सुक्रबार वहाँको आन्तिम दिन थियो। आईतवार कै flight ले अमेरिका जानु भैसक्या रहेछ। डेढ महिना पछी नेपाल फर्किने तर पाटन चाँही नफर्किने निर्णये गर्नु भा रहेछ। यो सुनेर नमज्जा लाग्यो, अझ आन्तिम पट्क भेट्न, 'good-bye' भन्न नपाएको मा झन खल्लो भयो।
हुनत पाटन अस्पतालबाट समय समयमा ठुला मान्छेहरु छाडेर गएका छन। ति डाक्टर बिना पाटन को के हालत होला भन्ने पनि सोचियो। पाटन कै ठुला डाक्टर ले B&B अस्पताल खोले। एक जना अत्तीनै राम्रा डाक्टर (हाड जोर्नी बिशेषयज्ञ) क्यहि बर्ष पहिला (हामी यही हुँदा) छाडेर जानु भएको, ऐले कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान को टिचिङ हसपीटलमा अस्पताल निर्देसक को रूपमा काम गर्दै हुनुन्छ। धेरै गुमाउदै पनि पाटन अस्पताल उुही उचाइका साथ उभी रहेकै छ। भनिन्छ "man may come and man may go but institution goes on." सुबर्ण सरको बहिर्गमन बाट बसेको घाऊ पनि निको होला, तर मेरो जीवनमा, ब्यक्तिगत रूपमा वहाँको सधै त्यही स्थान रहने छ जो आहिले छ।
जहाँ भए पनि सुबर्ण सर को सधैं भलो होस्।
Link of Subarna sir's blog where he has written about exit from PAHS.
No comments:
Post a Comment