हाम्रो मेडिकल कलेज, पाटन अस्पतालमा आन्दोलन सकिएको थियो। अब नियमित कक्षा सुरु हुन्छ भन्ने थियो। तर आउदो आईतवार देखी मात्र क्लास सुरु हुने समाचार पाउने बितिकै मन चन्चल भएर आयो। थाहा छैन अब कहिले बिदा पाउने हो। त्यति बेला बुधवार हुँदा, हामी सँग ३ दिनको समय थियो। त्यो बिदाको समयलाई कतै बाहिर घुम्न गएर सदउपयोग गर्ने मेरो इच्क्षा भयो। उसै पनि यो काठमाडौंको खाल्डो देखी मेरो मन आजित भएको थियो। भन्छन काठमाडौंको दुर्गन्धले यहाँ बस्ने मान्छेहरुको बिचार र सोचाइलाई पनि दुसित बनाइ सकेको छ। म पनि त्यही ड्याङ को मुला हुँ, या भनौ बन्दै छु। काठमाडौं देखी जती बित्रिशणा भए पनि आखिर मेरो जिन्दगी यही बनाउनु छ। त्यसैले पनि छोडेर जान नसकिने। तर मौका पाउने बितिकै म बहिर निस्कीन खोज्छु। मिले घुम्न गयीन्छ नमिले घर तिर हिड्छु। आमा-बुवा सँग हुँदा दुसित हुँदै गरेको दिमाग अलिकती भये पनि पखालिन्छ। यो बिदामा पनि कतै जाउ भनेर साथी सुधन लाई भने। भन्ने बितिकै उस्ले सहमति जनाउदै "ल जाउ न त" भनी हाल्यो। अनी साथी भुपेन्द्रलाई पनि यस्तो यस्तो बिचार गरेका छौ भनेर फोन गरेको, उस्ले पनि जाने ईच्छा देखायो। त्यस पछी साथी राजेश लाई फोन गरियो। उस्ले "प्रयास गर्छु, प्लान बनाओ न" भन्यो। "साथी टेन्सनमा छ, उसैको लागि भए पनि जाउ न कतै।" भनेर एकअर्का लाई जिस्काउदै जाने तयारी थालियो। साँझ सम्म राजेशले आफु पनि जाने निस्चित भएको बतायो। अब कुरा थियो कहाँ जाने? मैले नेपालको Suitzerland(Zurich) भनिने 'जिरी' जाउ भने। साथी हरु सहमत् पनि भए। 4 जाना 2 वटा बाईकमा जाने कुरा भयो। यो क्रममा सम्झिन लयाकको एउटा घट्ना भयो। बाईक भाडा गर्न गएको, हाम्रो गच्छेले भ्याउने भन्दा बढी धरौटी राख्नु पर्दो रहेछ। कुरा गर्दै जादा हामी पाटन अस्पतालको विद्यार्थी भएको थाहा पाये पछी, संचालकले धरौटी बिनै बाईक दिने भए। डाक्टर बनी नसकेको भए पनि 'पाटन अस्पताल' को नाम बेचेरै काम चलाऊन सकिने रहेछ। सुधन र भुपेन्द्रले बाईक चलाऊन नजान्ने भएकोले, म र राजेशले पुरै बाटो चलाऊनु पर्ने थियो। एक्लैले कारीब 200 कि.मी. बाईक कुदाऊनु, त्यो पनि पहाडको अप्ठ्यारो बाटो। यो हाम्रो लागि ठुलै कुरा थियो। बाटो सजिलो नभएको सुने पछी हामी झस्कियौ। उसै पनि होस्टल बस्ने हामी कहिले-कही मात्र बाईक चलाऊथियौ। जाडोको समयमा हामीले यत्रो बाटो हिंड्नु राम्रो निर्णय नहुने ठाने पछी 'जिरी' जाने प्लान त्यही तुहियो। अब कुरा थियो, कहाँ जाने त? साथीहरुले दोलाल्घाट, मार्खु, पोखरा आदी ठाउँको बारेमा कुरा गर्न थाले। मैले भने, "जाहा गए पनि जाउ, तर यो खाल्डो बाट चाँही निस्कौ।" अन्तमा राजेशले पोखरा सबै भन्दा उपयुक्त हुने बताए पछी हामी चारै जाना हानियौ पोखरा तिर।
बिहीवार 9 नबज्दै होस्टल छाड्यौ र कलंकीबाट माईक्रोमा हिड्यौ। माइक्रोको यात्रा पनी रोमान्चक थियो। एकअर्का लाई जिस्काउदै, अनेक किसिमको मजाक गर्दै यात्रा कट्दै गयो।
"ढाका टोपी मैलो भयो, के रमाइलो छ र खै, धुने बैनी पोइला गइ"
भुपेन्द्र र राजेशले आँफै बनाएर होला गाएको। तर सुन्न अत्ती नै रमाइलो भयो। १ घण्टा जती पछी, हामी कराएर थाक्यौ अनी ड्राइभर दाईले गीत बजाउनु भयो।
"म बिना कसै-कसै लाई मुस्किल छ पोखरामा,
म छु आज धेरै टाढा, मेरो दिल छ पोखरामा।"
म छु आज धेरै टाढा, मेरो दिल छ पोखरामा।"
अरु पनि यस्तै यस्तै बियोगान्त गीतहरु बजी रहयो। साथीहरुलाई 'यो गीत त तेरो जिन्दगी सँग ट्याक्क मिल्दो रहेछ' भनेर उडाउनु सम्म उडायियो। पोखरा जाने माईक्रोहरुले खाना खुवाउने होटल राम्रो, सफा र खाना पनि मिठो देखेर म छक्क परे। मेरो घर लाहान(पुर्ब) जाने गाडीहरुले खाना खुवाउने 'लाइन' होटलहरु त अत्ती नै नीउन स्तरका हुन्छन। खाना खायियो भने पक्कै बिरामी परीन्छ। बाटोमा गाडीले खान रोकेको होटल यती स्तरिय मैले पहिला कहिल्यै देखेको थियिन। डा. बाबुराम प्रधानमन्त्री भए पछी केही दिन ति होटेल हरु पनि सुध्रेका थिए। तर बिस्तारै उनी सेलाउदै गये, होटल पनि पहिला जस्तै बन्दै गए। आसा छ, भबिस्यमा लाइन होटेलहरु पनि राम्रा हुनेछन, पोखराको बाटोका जस्तै।
हामी साँझ तिर मात्र पोखरा पुग्यौ। बस्नलाई पोखराको पर्यटकिय क्षेत्र, लेकसाइडमा लज मिलाएपछी हामी घुम्न निस्कीयौ। फेवातालको किनारको चिसो हावा अनी शान्त बातावरणले हामी सबैलाई लोभ्यायो। त्यहा एक्छिन टहलिदा-टहलिदै थकान सबै हराइ सकेको थियो। रात पर्दै गये पछी हामी लेक्साइड तिर निस्कीयौ। लेकसाइडको night life अत्तीनै रोमान्चक हुदो रहेछ। हरेक पसल, लज, रेस्तुरेन्ट, खाजाघर इत्यादी लाई बेहुलीझै सिङारिएको। सबै तिर दिपावली झै झिलिमिली। रेस्तुरेन्टमा बाजा-गाजा र बाटो बाटै देखिने गरी भयी रहेको सान्स्कृतिक कार्यक्रम देखेर हामी अचम्ममा पर्यौ। खाने ठाउँमा यस्तो हामीले कहिले देखेका थिएनौ। काठमाडौंको ठमेल लगायतका ठाउँहरुमा सन्चालित डान्स रेस्टुरेन्ट, दोहोरी साँझ इत्यादिमा हुने कार्यक्रम उल्कै छाडा हुन्छन रे। तर पोखरामा देखिएका यी कार्यक्रम सभ्य र गर्ब गर्न लायकको थियो। गाडीको यात्राले हामीलाई थकित बनाएको थियो। एक्छीन्मा लज फर्कियौ। भोली के-के गर्ने, काहा-काहा जाने निधो गर्यौ। सुत्ने बेलामा ओछ्यान छान्न पनि बडो संघर्स गर्नु पर्यो। तास खेलौ, जित्नेले छानेर सुत्न पाउछ भन्ने निर्णय भयो। साथी भुपेन्द्र नमज्जाले हारेर खिन्न भयो। सुत्ने बेलामा तेरो ब्रेक-अप भएर घुम्ने प्लान बनाको, तैले फलानिसँग facebook मा झगडा गरेर निरास भकोले घुम्ने प्लान बनाको, तलाई Netमा chat मा ब्यस्त राख्ने मोरी अचेल अन्तै ब्यस्त भाकोले तेरो मन बहलाउन प्लान बनाको भन्दै, हुने-नहुने कुरा गरेर, एक-अर्कालाई पेल्नु सम्म पेलियो। हास्नु सम्म हसियो। भोलिपल्ट बिहानै निस्किने कार्यक्रम भएकोले चाडै सुत्यौ पनि।
सारङकोट जाने रहर थियो। तर ऐले जाडोको समयमा हुस्सु लाग्ने भएकोले सुर्योदय हेर्न नसकिने कुरा थाहा पाए पछी त्यता नजाने भाईयो। बिहानको हाम्रो यात्रा Devi's Fall अर्थात 'पाताले छाङो' बाट सुरु भयो। फेवा तालको पानी यही ठाउँ बाट जमिन मुनी हराउदो रहेछ। छाङो पोखराको आकर्सक गन्तब्य मध्ये एक रहेछ। बर्खामा त पानीको सतह बढेर यो झनै राम्रो देखिन्छ रे। आहिलेनै यती आकर्सक छ उु बेलामा झन कस्तो हुदो हो भनेर हामीले मन्मनै सोच्यौ। त्यहाको बगैचा र मन्दिर तिर एक्छिन घुमे पछी हामी 'गुप्तेस्वर महादेव गुफा' तिर लाग्यौ। भर्र्याङ् बाट तल झरेर गुफामा पुगिदो र'छ। गुफा भित्र-भित्र जदा त बाटो अप्ठ्यारो हुँदै गयो। कतै भित्ता समाउनु पर्ने चिप्लो- तल लडीएला जस्तो, कतै निहुरिएर हिंड्नु पर्ने होचो- माथि ठोकिएला जस्तो। बीचमा महादेवको मन्दिर र कामधेनु गाईगोठ रहेछन। सबै हेर्दै गुफाको अन्तमा पुगे पछी पाताले छाङो नै झरेर तल जादै देखियो। यो भन्दा पहिला कुनै गुफामा नछिरेको हुनाले मलाई एक्दम रमाइलो लाग्यो। मिले सम्म म महेन्द्र गुफा र चमेरी गुफामा पनि जान चाहन्थे। तर 2-3 दिनको थोरै समयमा हामी चाहेको सबै ठाउँमा जान सक्दैन थियौ। ति गुफा हरुमा जान हामीले समय छुट्याएका पनि थिएनौ र जान पाएनौ पनि। गुप्तेस्वर गुफा बाट हामी 'तिब्बतीयन सरणर्थि सिविर' (tibetian refugee camp) तिर लाग्यौ। सिविर, गुम्बा सबै राम्रो सँग बनायिएका र सफा सँग रखिएका थिए। सबै भन्दा मनपर्ने खाल्को चाँही SOS children Village रहेछ। त्याहा तिब्बतीयन मुलका आनाथ बच्चाहरुलाई पढाईदो रहेछ। त्यहिका एक्जाना कर्मचारी दाइले हामीलाई sos को बारेमा बताएपछी सो village घुमियो। घुम्दा लाग्यो कि हामी 'गोठ'मै पढ्दा रहेछौ। स्कुल, होस्टल त एस्तो पो हुनु पर्छ।
भोक्ले च्याप्न थालेकोले खाना खायियो र 'अन्तराष्ट्रिय पार्वतीय सङ्रहलाय' [International Mountain Museum] तिर हिड्यौ। अध्ययन गर्न या भनौ बुझन र सिक्नलाई सो ठाउँ अत्ती नै उपयोगी रहेछ। नेपालका बिभिन्न जात-जातीका भेस-भुसा शहीतका मुर्तीहरु, उनीहरुको नाचहरु, पर्बहरु, भान्सामा हुने समानहरु इत्यादीलाई बडो राम्रो सँग सजाइएको रहेछ। मुर्ती र बनाएको भन्सामा बसेर तस्बिरहरु पनि खिच्यौ हामीले। नेपालका बिभिन्न हिमाल, रुख्-बिरुवा, जनावर्, फुल, पसु-पंछि इत्यादीको बारेमा पनि जानकारी रहेछ त्यहा। बिदेशी सन्स्कृतिका बारेमा पनि स्टलहरु थिए। पहिलो जनजाती PHD, Dr. Harka Gurung ले लेख्नु, छाप्नु भएका किताबहरुको पनि गतिलो सङ्राहलय बनायीएको रहेछ। सबै हेर्न हामीलाई २ घण्टा जती लाग्यो। बाहिर बनायिएको मनासलु हिमालको मोडलमा चढेर तस्बिरहरु खिच्यौ र बाहिर निस्कीयौ। त्यहाबाट हामी सिधै फेवाताल आयौ। खाने कुराहरु टन्न किनेर हामी ताल तिर लाग्यौ। एउटा डुंगा 3 घण्टा लाई भाडामा लियौ। हामीले डुंगा आँफै खियाउने निर्णय गरेर मान्छे नलगी सबैले life jacket लगाएर डुंगामा पस्यौ। पोखराको सबै भन्दा रमाइलो र अविस्मरणिय छण यही नै थियो। तालको शान्त पानी, माथि माछापुछ्रे हिमाल, आकाशमा चरा झै देखिने प्याराग्लाइडिङ् गरी रहेका मनिसहरु... आहा... खुबै नै रमाइलो भयो त्यो 3-4 घण्टाको boating. भित्रै देखी महसूस हुन्थियो, बिदेसी हरुले यहाँ आएर हाम्रो देशको सुन्दरता हेर्छन। हामी चाँही आफ्नै देस हेर्न समय जुटाउन सक्दैनौ। माल पाएर पनि चाल पाएका छैनौ हामीले। खोक्रा कुराहरुमा हामी आफ्नो खुशी खोज्छौ र मिथ्याहरु सोचेर, मनमा लिएर, त्यसैमा हराइ रहन्छौ... साच्चै "बिचरा" नै हौ हामी त। साँझ पर्न थालेपछी चिसो-चिसो भयो र हामी ताल बाट निस्कियौ। अनी साईकल भाडामा लिएर lakeside मा घुम्न गयौ। त्यो झिलिमिली बिचमा cycling को मजा शब्दमा बयान गर्न सकिने खाल्को थिएन, हुँदैन।
खाना खानलाई हामी 'फेवा पाराडाइस रेस्टुरेन्ट एण्ड बार'मा गयौ। खाना औसत भन्दा महँगो भए पनि ठाउँ अत्ती नै राम्रो थियो। फेवतालको किनारमै आवस्थित सो रेस्टुरेन्टमा सान्स्कृतिक कार्यक्रम हेर्दै खाना खान एक्दमै रमाइलो भयो।
"मै राम्री हुन के गरु भन" भन्ने गीतमा नाची रहेकी दिदीको नाचको प्रसन्सा नगरि हामी रहन सकेनौ। नेपाली पछी अब मैथलीको पालो आएको थियो।
"लागल छै प्यार के बुखार" भन्ने गीतमा मैथ्ली-न्रित्य प्रस्तुत गरियो।
"रमाइलो साँझैमा, राख्छु तिमीलाई कलेजी माझैमा" भन्ने बोलको गीत्मा गुरुङ नाच देखायियो।
"साइ साइ ला हो" भन्ने (मैले नबुझेको) गीतमा राइ-लिम्बुहरुको चन्डी नाच प्रस्तुत गरिएको आन्तिम नाच थियो।
यसरी निजि-छेत्रबाट पर्यटकलाई नेपाली सान्स्कृतिक कार्यक्रम देखाएर, भनौ नेपाल चिनाएर, पोखराका रेस्टुरेन्टहरुले सरकारले गर्नु पर्ने (तर नगरेको) काम गरी रहेका छन। म ति रेस्टुरेन्टका संचालक हरुलाई हिर्दय देखी धन्यवाद दिन चाह्न्छु। अन्तमा बिभिन्न नेपाली, हिन्दी गीतहरु बजाएर पाहुना हरुलाई नाच्न मन्च प्रदान गरियो।
'माया नलाउ दुई तिर'
'मुन्नी बद्नाम हुइ'
'मुन्नी बद्नाम हुइ'
अरु पनि यस्तै यस्तै गीतहरु घन्की रहयो। धेरै पाहुना बिशेषगरी बिदेशीहरु मन्चमा गएर मज्जाले नाचे। हामी पनि पछी नपरी मन्चमा लाग्यौ। आफुलाई नाच्न नआउने भए पनि गएर हल्लिन र ताली बजाउन थालियो। सबै जाना, सब थोक बिर्सेंर रमाइलो गर्दै थिए। कस्ले हेर्दैछ? कोबाट हेरिदै छु? कस्तो देखिएको छु? वोरिपरी को को छन? कसैलाई मत्लब थिएन। मलाई त झन छदै थिएन। बस रमाइलो गरिदै थियो। साथी भुपेन्द्र त धेरै बेर सम्म मन्चमा नाची रहयो। पोखरा पनि धनी-मानी हरुको लागि गतिलो ठाउँ रहेछ। कार्यक्रम सकिन सकिन लाग्दा हामी पैसा तिरेर हिंड्न लाग्यौ। रेस्टुरेन्टमा आउनु भएका पाहुनाहरुले एक छीन बसौ भन्दै थिए, भुपेन्द्र त बस्न पनि खोज्दै थियो।
बसौ भन्ने आन्टीलाई मैले भने, "लज बन्द हुन्छ, आझै बस्यौ भने राती हजुरकैमा पाहुना लाग्न जानु पर्ला।"
हासेर, "लजमा फोन गरे हुन्छ नि" भन्नु भयो।
तर हामी लाग्यौ। हामी हिड्दा कार्यक्रम सकिन आझ 5 मिनेट जस्तो मात्र बाँकी थियो। सो रेस्टुरेन्टका संचालकले हामीलाई बडो सौहार्द पूर्ण बेह्बार गरे। उन्की छोरी पनि जोरपाटीमा MBBS पढ्दै छिन भन्न सम्म भ्याए। अनी अर्को कुरा पनि नछुटाउ, हामीलाई बिलमा discount पनि दिन लाए।
लज फर्किदा हामी अत्ती थाकेकोले ढल्किन नपाउदै भुसुक्क निदाएछौ। भोली पल्ट, हाम्रो पोखरा बसाइको आन्तिम दिन थियो। हामी बिहानै 'बिन्दव्यासिनी' मन्दिर लाग्यौ। मन्दिर अत्ती राम्रो र सुन्दर थियो। शनिबार भएकोले भिड-भाड र लामो लाइन थियो। लाइन बसेर दर्शन गर्ने ईच्छा नभएकोले वरी-परी घुमेर हामी अगाडि लाग्यौ। त्यहा आवस्थित 'बुद्धिस्ट गुम्बा' (Monestry) पनि राम्रो रहेछ। त्यहा धेरै समय नखर्ची हामी सेती नदी तिर लाग्यौ। सेती नदीमा भिज्न अत्ती रमाइलो भयो। त्यहाको शान्तिमा सेतो पानीको छन-छन सुनी रहु जस्तो थियो। सो पानी ज्यानमा छर्किदा ज्यान भरी नयाँ उर्जा थपिये जस्तो लाग्यो। त्यो पानीले आफ्नो सबै पाप पखाले जस्तो लाग्यो। सुन-पानी छर्केर आफुलाई चोख्याए जस्तो लाग्यो। किन हो किन म त्यहा अत्ती नै रमाइलो महसूस गर्दै थिए। भोली देखी पढाई र नियमित काम सुरु गर्न उर्जा दीइ रहेको थियो मलाई सबैले। त्यो ठाउँमा 1 घण्टा जसो बिताए पछी हामी फर्कियौ। फर्किदा गाडीमा आघिल्लो दिन नच्नु हुने दिदी सँग भेट भयो। मकेअप गरेर न्रित्य गरी रहेकी लाई बाहिर चिन्न सकेनौ हामीले। वहाँले नै हामीलाई चिन्नु भयो र बोलाउनु पनि भयो। हामी रेस्टुरेन्टको आघिल्लो टेबलमै बसेको हुनाले चिन्नु भएछ। वहाँ सँग एक्छिन रमाइलो कुराकानी भयो।
"हिजो मकेअपले गोरी थिए, आज काली भएकोले नचिनेको होला" भन्दा त के भनौ के भनौ भयो।
हामी पनि गफ दिन के कम थियौ र? "natural जत्तिको राम्रो मकेअप मा कहाँ हुन्छ र?" भनी हालियो, सुनेर खुशी हुनुभयो वहाँ।
बिहान पढाई, देउसो न्रित्य सिखाउने र राती नाच्ने। बडो संघर्सपूर्ण जिन्दगी बिताउदै रहेछिन उनी।
खाना-साना खाएर हामी काठमाडौं आउने गाडी चढ्यौ। सबैजाना थाकेको हुनाले हामी एक-अर्काको काख र ढाड्मा निदाउदै आयौ। काठमाडौं आउँदा शरीरको कुनै हाड, मासु, जोर्नी नदुखी रहेको थिएन। आउँदा आउँदै खान खाएर सुतियो।
एउटा अविस्मरणिय यात्रा । एउटा बहाना जसलाई नचाहेरै पनि धन्यवाद भन्दैछु ,जसको पृथक पृष्ठभुमिमा यो यात्राको तय भएको थियो। Everything is fun while being with your buddies.
ReplyDelete#Thank you for sharing this diary