Thursday, February 6, 2014

गजल

A Nepali Gazal I wrote after pretty long period of time.
This is satire against some social injustice in our society. It might sound more or less political some where. Please be sure that I am not colored with any political colors. Those are just a voice of innocent victims who cant speak or are not heard.

के बनायौ इस्वर, मान्छेको जात अचम्म छ।
ठुला-सना धनी-गरिब हर बात अचम्म छ।।

माफिया हरुको बिरुद्धमा अन्सन बस्दछ सन्त कोही।
माफियाको ईशारामा चल्ने VCको औकात अचम्म छ।।
 
अधिकारि दम्पती मर्दैछन, हत्यारालाई सजाय दिन ।
अनी हत्यारा सुत्ने 10 लाखको खाट अचम्म छ।।
 
साँढेको जुधाइ बाच्छा को मिचाइ भन्छन।
निमुखा कम्जोरले पाउने सौगात अचम्म छ।।
 
म तुच्छ अरे, मेरो जात सानो अरे।
मन्दिरमा मलाई रोक्ने हात अचम्म छ।।
 
Switch on गर्दा सुरु हुने, off गर्दा बन्द हुने।
सस्तो सजिलो माया, यौवनको मात अचम्म छ।।

Thank You

No comments:

Post a Comment